पत्रकारलाई चुनावी रन्को, महासघंमा खाली, बाहिर छलफल

पोखरा, २८ माघ /नेपाल पत्रकार महासघ कास्कीमा यती बेला चुनावी रन्कोले छोएको छ । फागुन ३ गते हुने अधिबेशनमा केहीले उमेद्वारी घोषणा गरेका छन् भने केहीले उमेद्वारी घोषणा गर्ने तयारीमा छन् ।

पत्रकार महासघमा नेतृत्व लिनका लागि युनियनबाट रमेश पौडेल, चौतारीबाट दिपेन्द्र श्रेष्ठ, प्रेस सेन्टरबाट त्रिभुन पौडेल र क्रान्तिकारीबाट राजेन्द्र अधिकारीले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । त्यसै गरि सचिबमा केशवशरण लामिछाने र सहसचिबमा दिननाथ बरालले उमेद्वारी घोषणा गरेका छन् । समिकरण भइनसेका कारण अन्यले उमेद्वारी घोषणा नगरेको विश्लेषकहरु बताउछन् ।

प्रेस सेन्टर, स्वतन्त्र पत्रकार संघ, प्रेस सोसाइटी लगाएतका सगठनले कुन संगठन सगँ समिकरण गर्ने भन्नेबारेमा छलफल मै रहेका कारण प्यानल घोषणा हुन नसकेको जानकारहरु बताउछन् । सहमतीका लागि छलफल भइरहे पनि चुनाव मै जाने विश्लेषकहरुको भनाई छ । मुख्य प्रतिस्पर्धा युनियन र चौतारी विच नै हुने भए पनि जस्ले अन्य संगठनलाई समिकरणमा लिन सक्छ उसैले जित्ने उनीहरुको भनाई ।

पत्रकार महासंघ कास्कीमा सदस्यको सख्या ३ सय ८ पुगेको छ । यस वर्षदेखि महासंघले प्रदेश पार्शदको पनि व्यवस्था गरेको छ । कास्की जिल्ला अधिबेसनले जिल्ला कार्यसमिति १९ सदस्यीय, केन्द्रिय पार्शदका लागि ३१ जना र प्रदेश पार्शदमा ४१ जना चयन गर्नेछ ।

नेपाल पत्रकार महासंघ शाखा निर्वाचन (कार्यविधि) निर्देशिका २०६४ (तेस्रो संशोधन २०७३) ले शाखा कार्यसमितिको अध्यक्षको उम्मेदवारीका लागि दुई हजार, अन्य पदाधिकारी एवं सभासद्को उम्मेदवारीका लागि एक हजार र सदस्यका लागि पाँच सय शुल्क लाग्ने तोकेको छ ।

कमेन्टहरु
Loading...