पोखराको जनप्रिय क्याम्पसमा विद्यार्थीद्धारा सरसफाई

पोखरा, २७ माघ /पोखराको जनप्रिय क्याम्पसका महिला विद्यार्थीले बिहीबार क्याम्पस आसपासमा सरसफाई गरेको गरेका छन् ।  अनेरास्ववियु जनप्रिय महिला विभाग कमिटीको आव्हनमा क्याम्पस परिसरमा सरसफाई गरिएको हो ।

विद्यार्थीहरुले हात हातमा झाडु र कुचो लिएर सडकमा फालिएका फोहोर, झाडी तथा धूलो सफा गरेका थिए ।  महिला विभाग प्रमुख सपना सुवेदीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जिल्ला सदस्य एवं जनप्रिय ईन्चार्ज अमृता गौतम, जिल्ला सदस्य करुणा गुरुङ लगायतको उपस्थिती थियो ।

सरसफाई कार्यक्रममा करिब ३० जना महिला विद्यार्थीहरुको सहभागिता रहेको विद्यार्थी प्रमिला आचार्यले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...