सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारलाई बस्नेतलाई

तनहुँ, २५ माघ /राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता एवम प्रेस यूनियन तनहुँका पूर्व अध्यक्ष सूर्यचन्द्र बस्नेतलाई नेपाल पत्रकार महासंघ तनहुँले सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार २०७२ प्रदान गर्ने भएको छ ।

दुई दशक भन्दा बढी लामो समयदेखि पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेर योगदान पुरयाएबापत पत्रकार वस्नेतलाई महासंघ तनहुँको वैठकले सो पुरस्कार दिने निर्णय गरेको हो । वस्नेत रासस सञ्चालक समितिका पूर्व वोर्ड सदस्य एवम रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका पूर्व प्रमुख समेत हुन् ।

राष्ट्र पुकार साप्ताहिकको तनहुँ संवाददाताबाट पत्रकारिता जीवन शुरु गरेका वस्नेतले नव व्यासवाणि तनहुँका सम्पादक, तनहुँ आवाज साप्ताहिकका उपसम्पादक तथा विभिन्न पत्रिकको संवाददताका रुपमा तनहुँबाट समेत काम गरेका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघ तनहुँको वैठकले वेदव्यास पत्रकारिता पुरस्कारबाट पत्रकार वसन्त कँडेललाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ ।

फागुन तीन गते हुने महासंघको जिल्ला अधिवेशनका अवसरमा दुवै पत्रकारलाई पुरस्कार प्रदान गरिने छ। जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्न शाखा सभापति डम्वर अधिकारीको सभापतित्वमा मुल आयोजक समिति समेत गठन गरिएको छ ।

कमेन्टहरु
Loading...