पोखरा, २६ माघ/एक महिना अगाडी पोखरा १७ मा हत्या गरि फरार रहेका एक अभियुक्तलाई बैदाम प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते पोखरा १७ नमुनाटोल तितेपानी स्थितमा भारतिय नागरीक सबिर अन्सारीलाई हत्या गरेको अभियोगमा प्रहरीले कास्कीको लाहाचोक गाबिस वडा नं५ घर भई जिल्ला कास्की पोखरा १७ सितलपथ बस्ने दिनेश नेपालीलाई पक्राउ गरेको हो ।
नेपाली समेतले ढुङ्गगा प्रहार गरी कर्तव्य गरी झाडीमा मारी फालेको अवस्थामा मृतक सबिर अन्सारीको सव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणी अधिकारीले जानकारी दिए ।
तत्काल वारदातमा संलग्न भएका जिल्ला सोलुखुम्बु जुमिङ्ग गाबिस वडा नं २ घर भई पोखरा १७ तितेपानी बस्ने बर्ष ३४ को मनि राई भन्ने मोहन राईलाई पक्राउ परी सम्पुर्ण अनुसंन्धान कार्य पश्चात कास्की जिल्ला अदालतबाट निज पुर्पक्षको लागी थुनामा रहेको अधिकारीले जानकारी दिए ।
उनले सो घटनाका मुख्य अभियुक्त दिनेश नेपाली काठमाण्डौमा लुकिछिपी बसेका छन भन्ने गोप्य सुचना प्राप्त भए पश्चात वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेका बताए ।