निर्वाचन हुन्छ, निर्वाचनगर्नैपर्छ, ‘प्रधानमन्त्री’

माघ २५, काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय निर्वाचन हुने र गर्नैपर्ने बताउनु भएको छ । मंगलबार दिउँसो निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनमा कुनै शंकानगर्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन सम्बन्धि ऐन पारित भइसकेका छन् । सरकार निर्वाचनको तयारीमा लागि रहेको छ । अब निर्वाचनमाकुनै शंकानगरौं, निर्वाचन हुन्छ, निर्वाचनगर्नैपर्छ ।’कार्यक्रममाप्रधानमन्त्रीले अब नेपालीजनताप्रविधिप्रयोगमा सक्षमभइसकेको बताउँदैभन्नुभयो, ‘यसपालि म देशकाविभिन्नभागमापुगें, दुर्गम ठाउँका जनताले पनि सेल्फोन बोक्न थालिसकेका छन् ।

अब नेपालीले विद्युतीयभोटिङ मेसिनप्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलतहो । हामीले निर्वाचनशिक्षालाई प्रभावकारी त बनाउनैपर्छ । तर, सेल्फोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी ठान्दैनन् ।’ कार्यक्रममाप्रमूखनिर्वाचनआयुक्त डा. अयोधीप्रसाद यादवले विद्युतीयभोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कमखर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयनगर्न निर्वाचनआयोग तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा संसदमाप्रतिनिधित्वगर्ने राजनीतिकदलकाप्रतिनिधिलगायतले विद्युतीयभोटिङ मेसिनकाप्राविधिकपक्षबारे जानकारी लिनुभएको थियो भने निर्वाचनआयोगकातर्फबाट विद्युतीयभोटिङ मेसिनकाविशेषताबारे जानकारी गराइएको थियो ।

कमेन्टहरु
Loading...