स्कुटर र मोटरसाईकल दुर्घटना, तीन घाइते, मोटरसाइकल जल्यो

पोखरा २३ माघ/पोखरा न्यूरोडमा आईतवार साँझ मोटरसाईल र स्कुटर ठोक्किदा तीन जना घाइते भएका छन् । दुर्घटना पछि मोटरसाईकलमा आगलागी भएको छ । आगलागीका कारण मोटरसाइकल जलेर नष्ट भएको छ ।

चिप्लेढुङ्गाबाट सभागृह तर्फ जादै गरेको ग ९ प ५८२४ नम्बरको स्कुटर र नयाँबजारबाट न्यूरोड तर्फ निस्कदै गरेको ग ७ प ४२३० नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईल जलेर नष्ट भएको हो । दुर्घटना लगतै मोटरसाईलमा आगलागी भएको र मोटरसाइकलको एक भाग जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटरमा सवार नयाँबजार ९ का सुरज भण्डारी र चितवन घर भएका जीवन सापकोटा तथा मोटरसाईकलमा सवार पोखरा बाझापाटन १३ का शिवराम अधिकारी घाइते भएका छन् । भण्डारी र सापकोटाको अबस्था सामान्य छ । उनीहरुको पद्यम नर्सिङ होम न्यूरोडमा उपचार भैरहेको छ । मोटरसाईकल चालक अधिकारीको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

कमेन्टहरु
Loading...