युनाइटेड क्लवद्धारा वडा प्रहरी कार्यालय रामबजारलाई ल्यापटप प्रदान

पोखरा २३ माघ / विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर रहेको युनाइटेड क्लव पोखराले वडा प्रहरी कार्यालय रामबजारलाई ल्यापटप प्रदान गरेको छ ।

युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ स्थापित भइ शिक्षा, स्वास्थ्य, खेलकुद, पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र उज्यालो अभियान अन्तर्गत सौर्य बत्ती जडान गर्ने अभियानमा अगाडि बढिरहेको क्लवले वडा प्रहरी कार्यालय रामबजारलाई एक थान ल्यापटप प्रदान गरेको हो ।

आइतबार क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल सहितको पदाधिकारीको टोलीले वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक सुवास कुमार गैरेलाई ल्यापटप हस्तान्तरण गरेको क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक सुवास कुमार गैरेले युनाइटेड क्लवले वडा प्रहरी कार्यालयलाई प्रदान गरेको ल्यापटपले प्रहरीको काम कारबाहीलाई सहज बनाउने वताए । मुलुक आधुनिकता तिर गइरहदा अझैपनि प्रहरी कार्यालयहरुमा पेपरलेस प्रबिधि हुन नसकिरहदा यस्तो सहयोगले प्रहरीको काम कारबाही गर्न र विभिन्न तथ्याङक तथा अभिलेख सुरक्षित संग राख्नमा सहयोग पुग्ने वताए ।

युनाइटेड क्लवले गर्ने सम्पूर्ण सामाजिक क्रियाकलापमा वडा प्रहरी कार्यलय रामबजारले सहयोग गर्ने समेत गैरेले वताए ।
त्यसैगरी युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले समाजमा रहेका कुरिती बिसंगतीहरुलाई न्युनिकरण गर्नका लागि क्लवले प्रहरी संग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

कमेन्टहरु
Loading...