पोखरामा अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु, आर्मीको बिजयी सुरुवात

पोखरा, २२ माघ/सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा पोखरामा सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सुरु भएको छ । उद्घाटन खेलमा नेपाली सेनाका त्रिभुन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो सेटमा हराएको छ । आर्मीले २५—१९, २९—२७ र २५—२२ मा हराउदै अंक बटुलेको छ ।

आइतबार महिला भलिवलका दुई खेल हुने छन् । पहिलो खेल शसस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको त्रिभुव आर्मी क्लब बिच हुनेछ भने दोस्रो खेल भारतको उत्तर प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लब विच हुनेछ । कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगिताको संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले उद्घाटन गरे । प्रतियोगिता माघको २९ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र भारतको उत्तर प्रदेश भलिवल संघबाट महिला रपुरुष टिमको सहभागीता रहने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । त्यसै गरि न्यु डायमण्ड एकेडेमीबाट महिला टोली र हेल्प नेपाल स्पोर्ट्स क्लबबाट पुरुष टोलीको सहभागीता रहने उनले बताए ।

प्रतियोगिताका विजेताले महिला ÷पुरुष टोलीले एकलाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । त्यसै गरि उपविजेताले ७७ हजार ७ सय ७७ रुपैया, तेस्रो हुनेले ३३ हजार ३ सय ३३ कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् । त्यसै गरि उत्कृष्ट खेलाडीले १० हजार, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सटर, वेष्ट डिफेन्स र वेष्ट सर्भले नगर ५ हजार रुपैया पाउने छन् ।

कमेन्टहरु
Loading...