पोखरा स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

पोखरा, २२ माघ /स्वास्थ्य प्रतिष्ठानमा रिक्त उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन जनाको नाम सिफारीस गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. बुद्धिबहादुर थापा, डा. नीलाम्बर झा र डा. डुकबहादुर क्षत्रीको नाम सिफारी गरेको हो । प्रतिष्ठानको उपकुलपतिका लागि १० जनाले आबेदन दिएका थिए ।

त्यसै गरि कमिटीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा भरत यादव, डा गोपी अर्याल र डा रूपा सिंह र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा अमिरबाबु श्रेष्ठ, डा गेहनाथ बराल र डा राजेन्द्र वाग्लेको नाम सिफारिस गरेको छ ।

उपकुलपतिका लागि तीनरतीन जना नाम सिफारिस गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाको संयोजकत्वमा स्वास्थ्य सचिव डा। सेनेन्द्रराज उप्रेती र योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य रहेको सर्च कमिटी गठन गरिएको थियो ।

कमेन्टहरु
Loading...