नयाँ वर्षमा पोखरामा बक्सिङ प्रतियोगिता हुने

पोखरा, २१ माघ /अल्टिमेट बक्सिङ क्लबको आयोजनमा पोखरामा पश्चिमाञ्चलस्तरीय खुल्ला महिला÷पुरुष बक्सिङ प्रतियोगिता हुने भएको छ । आगाडी वर्ष बैशाख १४ देखि १६ गते सम्म प्रतियोगिता हुने आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बक्सिङ खेलको विकास र विस्तार, खेलकुद मार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, सामाजीक, आर्थिकमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको अल्टिमेट बक्सिङ क्लबका अध्यक्ष सुनिल क्षेत्रीले जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्न करिब ६ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा महिला÷पुरुष गरि करिब एक सय खेलाडीले प्रतियोगितामा सहभागीता जनाउने प्रचार प्रसार संयोजक तारानाथ अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलन क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक विद्या मर्सानी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, शसस्त्र प्रहरी बल मुक्तीनाथ बाहिनीका साहेक बाहिनीपति कृष्णभक्त बर्माचाय, कास्की जिल्ला बक्सिङ संघका सचिब कृष्ण कोइराला, सल्लाकारहरु गजु क्षेत्री, यदुनाथ बन्जरा, राजबहादुर गुरुङ, पत्रकार कमल पौडेल लगाएतले प्रतियोगिताबा बक्सिङ खेलको विकास हुने बताए । कास्कीबाट केही वर्ष पहिले सम्म बक्सिङका अन्तराष्ट्रिय खेलाडी उत्पादन हुदै आए पनि प्रतियोगिता नहुदा खेलाडी उत्पादन हुन छाडेको बताएका थिए ।

कमेन्टहरु
Loading...