पोखरा, २१ माघ/सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा पोखरामा हुने सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । शनिवार देखि सञ्चालन हुने प्रतियोगिता माघको २९ गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र भारतको उत्तर प्रदेश भलिवल संघबाट महिला /पुरुष टिमको सहभागीता रहने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । त्यसै गरि न्यु डायमण्ड एकेडेमीबाट महिला टोली र हेल्प नेपाल स्पोर्ट्स क्लबबाट पुरुष टोलीको सहभागीता रहने उनले बताए ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका विजेताले महिला ÷पुरुष टोलीले एकलाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । त्यसै गरि उपविजेताले ७७ हजार ७ सय ७७ रुपैया, तेस्रो हुनेले ३३ हजार ३ सय ३३ कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने उनले बताए ।
त्यसै गरि उत्कृष्ट खेलाडीले १० हजार, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सटर, वेष्ट डिफेन्स र वेष्ट सर्भले नगर ५ हजार रुपैया पाउने प्रतियोगिताका सचिवालय उपसमिति संयोजक डिबी नेपालीले जानकारी दिए । उनले महिला /पुरुष दुवै टोलिका लागि समान पुरस्कार राखि रहेको बताए । शनिवारको उद्घाटन खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब बिच हुने बताए ।