दार्चुला संकटग्रस्त, पुनर्निमाणलाई ५० करोड

सरकारले महाकाली नदीको बाढीप्रभावित दार्चुला पुनर्निर्माणका लागि ५० करोड रुपैयाँ दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले दार्चुला सदरमुकाम खलंगा निरीक्षणपछि पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणका लागि ५० करोड रुपैयाँ दिने बताएका हुन् ।

resize_imageबिहीबार प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि दार्चुला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले विस्थापितहरूको पुनस्र्थापना, भत्किएको सडकनिर्माण र नदीमा तटबन्ध निर्माणमा लागि दार्चुलालाई मात्र ५० करोड दिने घोषणा गरेका छन् ।

उनले प्रत्येक परिवारलाई तत्काल ३५ हजार रुपैयाँ राहत दिने र भारतीय पक्षले बाँध खोलेकोबारे छानबिन गर्नेसमेत बताए । सुरुमा ५० करोड मात्र दिने घोषणा गरेको भए पनि स्थानीय १० राजनीतिक दलले सरकारी टोलीलाई काठमाडौं फर्कन नदिने भन्दै धर्ना दिएपछि मन्त्रिपरिषद् अध्यक्षले संकटग्रस्त जिल्ला घोषणा गर्ने पनि बताए ।

मन्त्रिपरिषद् अध्यक्षले राहतको घोषणा गरिरहँदा पीडितले भने प्रभावित क्षेत्र भ्रमण नगरेको तथा तत्काल राहत नदिएको भन्दै नाराबाजी गरेका थिए । खलंगामा बाढी परेको ५ दिनपछि मात्र सरकारी टोली आएको भन्दै उनीहरूले मन्त्रिपरिषद् अध्यक्ष र प्रमुख जिल्ला अधिकारीको राजीनामा समेत मागेका छन् ।

– See more at: http://setopati.com/samaj/1673/#sthash.MT8VGhgS.dpuf

कमेन्टहरु
Loading...