भिरबाट लडेर अचेत पोखराका फुटबलर नाम्गेलको निधन

धन वस्नेत, पोखरा १८ माघ / पोखरेली फुटबल खेलाडी तेन्जिङ नाम्गेलको मंगलबार निधन भएको छ । नाम्गेलको मंगलबार बिहान उपचारको क्रममा पोखराको गैह्रापाटन स्थित फिस्टेल हस्पिटलमा निधन भएको हो । सोमबार राती हेम्जा स्थित तिब्बतीयन क्याम्प नजिकैको भीरबाट खसेर गम्भिर घाईते भएका उनलाई प्रहरीले बिहान उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको थियो ।

आफन्तले बिहान घाईते भएको जानकारी पाएपछि क्षेत्रीय अस्पतालबाट फिस्टेल हस्पिटलमा ल्याएका थिए । त्यही उपचारको क्रममा मृत्यु भएको हो । मृत्युपछि नाम्गेलको पार्थीव शरीरलाई पोष्ट मार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । मंगलबाट बिहान पोष्ट मार्टम गरिए पनि रिपोर्ट भने आइनसकेको आफन्तले जनाएका छन् । आफन्तका अनुसार भीरबाट आफै लडेको हो या अरुले नै धकेलेर खसालेको हो भन्ने विषयमा एकिन जानकारी छैन ।

प्राप्त जानकारी अनुसार नाम्गेलले सोमबार राती साथीभाइसँग क्याम्प नजिकैको होटलमा बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवनपछि गएका उनी भीरबाट लडेर गम्भीर घाईते अवस्थामा प्रहरीले उद्धार गरेका थियो ।

प्रहरीका अनुसार नाम्गेलको टाउकोमा चोट लागेको थियो भने अनुहार सुनिएको थियो । पोखराको हेमजामा जन्मिएका ३९ वर्षीय नाम्गेल पोखराका विभिन्न क्लबाट व्यवसायिक फुटबल समेत खेलेका थिए । सफल पोखरा कपमा समेत उनी गोल किपरको रुपमा खेलेका थिए । पोखराकै गार्डेन, संगम फुटबल क्लबबाट कास्की जिल्ला क्लब स्तरीय लिग फुटबल समेत खेलेका थिए ।

उनी तिब्बतीयन टिमको राष्ट्रिय गोल किपर समेत हुन् । भारतमा वर्षेनी हुने तिब्बतीय कपको लागि पोखराबाट जान्थे । भारत, फ्रान्स, अष्ट्रेलियामा समेत उनी तिब्बतीयन टोलीबाट फुटबल खेल्न गएका थिए । २०५५र०५६ सालदेखि नै पोखरामा आयोजित क्लब स्तरीय फुटबल प्रतियोगितामा गोल किपरको भूमिकामा देखिदै आएका थिए । उनको निधनले पोखरेली फुटबल शोकमा परेको कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले जनाए ।

कमेन्टहरु
Loading...