पृथ्बी राजमार्ग बस सञ्चालक समितिको ४५ औं बार्षिकोत्सबमा स्वास्थ्य शिविर

पोखरा १८ माघ । पृथ्बी राजमार्ग बस सञ्चालक समितिको ४५ औं वार्षिकोत्सबका अवसरमा आज घाचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ । घाचोक ६ स्थित मेघराज आधारभूत विद्यालयमा निशुल्क शिविर सञ्चालन गरेहो हो । शिविरमा ३ सय भन्दा बढिले स्वास्थ्य उपचार गरेका छन् ।

समितिलेस्वास्थ्य शिविर, रक्तदान, सरसफाई लगायतका विविध सामाजिक कार्य गर्ने भएको हो । माघ १९ गते स्याङजाको वालिङ , माघ २० गते लमजुङको बेशीसहर र माघ २१ गते पोखराको पृथ्बीचोकमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको समितिले जनाएको छ ।

माघ २३ गते विहान पोखराको जिरो किलोमिटरदेखि पृथ्बीचोक बसपार्क सम्मको सडक सरसफाई कार्यक्रम तय गरिएको केसीले बताए । सोहि दिन बाच्छेबुडुवा स्थित बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई विहानको एक छाक खाना खुवाउने कार्यक्रम छ ।

यातायात क्षेत्रकै जेठो संस्था पृथ्बी राजमार्ग बस सञ्चालक समितिले साढे चार दशकको यात्रामा अहिले देशका विभिन्न स्थानमा झण्डै १२ सय गाडी सञ्चालन गरिरहेको छ । सो समिति अन्तर्गत हाल एसियाकै उत्कृष्ट बस समेत दिवा र रात्री सेवामा सञ्चालित छन् ।

समिति अन्तर्गत हाल बस सोस्टेज सहित, मिनिवार र शौचालयको सुविधायुक्त बस, रात्री समयमा शौचालय र सिल्पर सहितका बस समेत सञ्चालन गरिरहेको छ । वार्षिकोत्सबको अबसरमा समितिका अध्यक्ष ऐन कुमार साईले यात्रुलाई दिने सेवा अझ गुणस्तरिय र प्रभावकारी बनाउदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

कमेन्टहरु
Loading...