पोखरा हुने अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सहयोग जुट्दै

पोखरा, १८ माघ/सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा हुने सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटेको छ । प्रतियोगितको पुर्वसन्ध्यामा आईपुग्दा महिला तथा पुरुषको उपविजेता टोलीलाई विदेशबाट नगद पुरस्कारको प्रायोजन भईसकेको छ । प्रतियोगिताका सचिवालय उपसमिति संयोजक डिबी नेपालीका अनुसार स्वदेश तथा विदेशमा रहेका भलिबलका शुभचिन्तक एवं पुर्व राष्ट्रिय खेलाडीहरुबाट झण्डै दशलाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।

उनका अनुसार स्याङजा ओरस्टे हाल अमेरिकामा रहेका टुकबहादुर थापामगर तथा सांग्रिला करी हाउस हङकङले क्रमश महिला तथा पुरुषको दोस्रो पुरस्कार राशी प्रायोजन गरेका छन् । दोस्रो पुरस्कार राशी ७७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । त्यस्तै युकेमा रहेकी प्रिती गुरुङ, पोखरा भलिबल क्लब अष्टे«लिया, नेपाल निर्माण व्यवसायी संघ काठमाडौका अध्यक्ष शरद गौचनले महिला तथा पुरुष तेस्रो पुरस्कार राशीको प्रायोजन गरेका छन् । तेस्रो पुरस्कार राशी ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

मकाउबाट ५४ हजार, स्याङजा मनकामना निवासी हाल अमेरिकामा रहेका राजु केसीद्वारा ४२ हजार, क्यानडामा रहेका पुर्व राष्ट्रिय भलिबल खेलाडी भुपेन्द्र भण्डारीबाट ३० हजार, पोखराको सुजल डेरी तथा स्थानीय श्रृङ्गा यातायातले महिला तथा पुरुषको उत्कृष्ठ विधाको पुरस्कार प्रायोजन वापत ३५÷३५हजार सहयोग दिएका छन् । जियोनी मोवाईल कम्पनीले ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको आर्थिक व्यवस्थापन समितिका संयोजक हरिकुमार श्रेष्ठले बताए ।

दर्शन÷मोनिका ट्रान्सपोर्ट प्रालिले उत्कृष्ठ महिला तथा पुरुष विधाको लागि २५ हजार रुपैयाँ सहयोग दिएका छन् । स्याङजा गुमादी हाल बेलायतमा रहेका विनोद चन्दले २५ हजार रुपैयाँ प्रतियोगिताको लागि सहयोग दिएका छन् । सिंगापुर पुलिस फोर्समा कार्यरत सोनप्रसाद गुरुङ, अष्ट्रेलियामा रहेका पुर्व राष्ट्रिय भलिबल खेलाडी सन्जु पुर्जाले २०÷२० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

पोखरा १० हस्टिलचोक निवासी अशोक श्रेष्ठ तथा बेलायतमा रहेकी पुर्व राष्ट्रिय खेलाडी परीक्षा गुरुङले १८÷१८ हजार रुपैयाँ सहयोग गरेका छन् । बराल पोल्ट्री फार्म, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष बासु गौचन, कास्की जिल्ला भलिबल संघका पुर्व कोषाध्यक्ष राजेन्द्र गोतामेले जनही १५÷१५ हजार सहयोग उपलब्ध गराएको आर्थिक व्यवस्थापन समितिले जनाएको छ । ओजन डिस्को लेकसाईडले १४ हजार सहयोगको घोषणा गरेको छ ।

पोखरा पोली फार्म लेकसाईड, ग्रीनपिस रेष्टुरेन्ट खहरे, पोखरा केवल प्रालि, किशोर÷मीना दाहाल लेकसाईड, तमुधि नेपाल संरक्षक दिलबहादुर गुरुङ, अमेरिकामा रहेका श्याम सारु मगर, पोखरा नगरबस व्यवसायी समिति, खेलप्रेमी ईन्द्रधारा विष्ट मुस्ताङ, होटल रोयल थकाली काठमाडौं, सिंगापुर पुलिस फोर्समा कार्यरत याम आले, पर्वत फलेबास हाल पोखरा निवासी यज्ञ नेपाली, स्टार ब्रदर्श नयाँबजार, गण्डकी ट्रक यातायात व्यवसायी समिति नयाँबजार, प्रेमप्रसाद तुलाचन, लोट्स ट्रेनिङ सेन्टर, पुर्व राष्ट्रिय भलिबल खेलाडी गंगा बस्नेत, चिरायु मेडिकल लगायतले १०÷१०हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका छन् । होटल सिंगापुर लेकसाईड,ज्योति केसी, मुक्तिानाथ दर्शन यातायात प्रालि तथा चन्द्रमान गुरुङले पनि आर्थिक सहयोग दिएका छन् ।

कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको टिम व्यवस्थापक राजकुमार गुरुङका अनुसार नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, न्यु डायमण्ड एकेडेमी, हेल्प नेपाल स्पोर्ट्स क्लब तथा इण्डियन टिमको सहभागिता रहने छ । प्रथम हुने महिला ÷पुरुष टोलीले एकलाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् ।

कमेन्टहरु
Loading...