पोखरा वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि १३ र २७ भिड्ने

पोखरा १७, माघ /पोखरामा जारी वडा स्तरीय फुटवल प्रतियोगिताको भोलि (मंगलबार) फाईनल खेलमा उपाधिको लागि पोखरा १३ र पोखरा २७ को प्रतिष्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा विहान ८ बजे पछि फाईनल खेल हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

आज (सोमबार) पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा पोखरा वडा नम्बर १६ लाई पोखरा वडा नम्बर १३ ले २–० को गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । पोखरा १३ को जितमा नवराज गुरुङ र सुनिल गोतामेले एक÷एक गोल गरे ।

त्यसै गरी दोश्रो सेमिफाईनल खेलमा पोखरा वडा नम्बर १४ लाई पोखरा वडा नम्बर २७ ले ९–० को बिशाल गोल अन्तरले पराजित गर्दै उपाधिको लागि फाईनलमा यात्रा तय गरेको हो । पोखरा २७ हेमजाको जितमा सुसिल श्रेष्ठ र समिर कार्कीले ह्याट्रिक गरे भने सविन थापा, असोक नेपाली र रोसन कार्कीले एक÷एक गोल गरेका हुन ।

पुरस्कार वितरण भने विहान ११ बजे नगर प्रशिक्षण केन्द्र नदीपुरमा हुने भएको छ । पोखरा उप–महानगरपालीका कार्यालयको २१ औं बार्षिकोत्सव तथा अन्य सम्मान कार्यक्रमहरु समेत रहेकोले नगरप्रशिक्षण केन्द्रमा औपचारीक समापन सहित पुरस्कार वितरणको कार्यक्रम हुने भएको नगरपालीकाका बरिष्ठ कानुनी अधिकृत तथा प्रतियोगिता संयोजक नारायण शर्माले बताए । प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बराल रहने कार्यक्रम तय गरीएको शर्माले जनाए ।

पोखरा उप–महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करीब दुई दशक पछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक भएको हो ।

कमेन्टहरु
Loading...