जन्मदिनका अवसरमा बालगृहलाई सहयोग

पोखरा, १७ माघ/लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा पोखरा बाटुलेचौर स्थित अन्नपुर्ण आत्मनिर्भर बालआश्रममा खाद्यान्न तथा स्टेशनरी बितरण गरिएको छ । क्लबका अध्यक्ष लायन सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव सन्जयकुमार मल्लका छोरा संयम मल्लको १३औं जन्मदिनको अवसरमा मल्लले १३ हजार बराबरको खाद्यान्न तथा स्टेशनरी बितरण गरेको हो । छोरालाई समाज प्रतिको उत्तरदायित्व र जिम्मेवारी महसुस गराउन जन्मदिन मनाउने खर्च बालआश्रमलाई सहयोग गरेको मल्लले बताए ।

कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान जोन ३३ का जोन चियरपर्सन एमजेएफ लायन मिलन थापाले अभिभावकले आफ्ना बच्चाहरुको जन्मदिनलाई सृजनात्मक बनाउन सिकाउन पर्ने जोड दिंदै सन्तानलाई राम्रो शिक्षामात्रै होइन असल संस्कार पनि सिकाउनु पर्ने बताए । बालआश्रमका अध्यक्ष शारदा बस्नेतले असल मनले दिएको सहयोग सानो र ठुलो नहुने भन्दै बालबच्चाहरुलाई सत्कार्यमा लाग्न सानै देखि पे्ररित गर्नुपर्ने बताए ।

क्लबका अध्यक्ष लायन सुदिप पौडेलले ठुुलो मानिस जो पनि बन्न सक्छ तर असल नागरिक बनाउन आजै देखि बालबच्चालाई असल आचरण सिकाउन पर्ने बताउदै जन्मदिनमा गरिएको सहयोग उदाहरणिय भएको बताए । कार्यक्रममा क्लबका तृतिय उपाध्यक्ष लायन बिनय थापाले स्वागत मन्तब्य राखेका थिए ।

कुमुदिनी होम्स कक्षा ६ मा अध्ययनरत संयम मल्लले जन्मदिनका अवसरमा बालगृहमै केक काटेर त्यहाँ आश्रित बालबालिकाहरु संग जन्मदिन मनाएका हुन । बालगृहमा ३४ जना बालबालिकाहरु आश्रित छन् । उनीहरुको लालनपालन तथा शिक्षादिक्षाको ब्यवस्था बालगृहले गर्दै आएको छ । बालआश्रम ३० प्रतिशत आत्मनिर्भर रहेको तथा आश्रमलाई आवश्यक तरकारी उत्पादन तथा दुधका लागि १५ वटा गाईभैंसी पालिएको अध्यक्ष शारदा बस्नेतले जानकारी दिए ।

कमेन्टहरु
Loading...