स्पोट्स अर्वाडका लागि खेलकुद पत्रकार मञ्च कास्कीलाई ५० हजार

पोखरा, १७ माघ/नेपाल खेलकुद पत्रकार मंच कास्कीलाई गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुच्क्षेत्र गुरुङ्गले ५० हजार नगद प्रदान गरेका छन । गुरुङ्गले रकम मंचले २०७४ बैशाखमा आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि प्रदान गरेका हुन ।

सहारा युकेले पोखरामा आयोजना गरेको कार्यक्रममा उनले रकमको चेक मंचका अध्यक्ष केशव पाठक लाई प्रदान गरे । सहारा युकेले पोखरामा सम्पन्न १५ औ आहा रारा गोल्ड कप भव्यताका साथ सम्पन्न गर्न स्थानिय संघ–संस्था हरुले खेलेको भुमिका प्रति सम्मान प्रकट गर्न कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा सहारा य्ुकेका अध्यक्ष मिन बहादुर गुरुङ्गले विभिन्न संघ संस्थाहरुलाई मायाँको चिनो द्वारा सम्मान गरेका थिए ।

सो अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा युकेका सल्लाहाकार महेश गुरुङ्गले प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यबाद ज्ञापन गरे । कार्यक्रममा सहारा युकेका सल्लाहाकार रमेश बास्तोलाले समेत बोलेका थिए ।

मंचलाई गरेको सहयोग प्रति आभार प्रकट गर्दै अध्यक्ष पाठकले एन.आर.एन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ्गलाई माँयाको चिनो द्वारा सम्मान गरेका थिए । मंचले आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि बेलायतमा रहेका सूर्य गुरुङ्ग, कमल गुरुङ्ग, हितकाजी गुरुङ्ग लगाएतले २५–२५ हजार सहयोग गर्ने जानकारी गराइसकेका छन । पोखरा स्र्पोट्स अर्वाडका लागि तमु धीं युकेका अध्यक्ष ग्याम बहादुर गुरुङ्ग र सहारा युकेका अध्यक्ष मिन वहादुर गुरुङ्गले संस्थागत रुपमा नै सहयोग गर्ने जनाएका छन ।

कमेन्टहरु
Loading...