पोखरामा वडा स्तरीय फुटवलमा पोखरा १३, १४, १६ र २७ सेमिफाईनलमा

पोखरा १६, माघ/पोखरामा जारी वडा स्तरीय फुटवल प्रतियोगिता अन्र्तगत सोमबार पोखरा रंगशालामा सेमिफाईनलका खेलहरु हुने भएको छ । पोखरा वडा नम्बर १६ र पोखरा १३ बिचको खेल पहिलो सेमिफाईनल हुने भएको छ भने दोश्रो सेमिफाईनल खेलमा पोखरा १४ बिरुद्ध पोखरा २७ बिच खेल हुने भएको हो । आइतबारको खेलमा जित हासिल गरी ४ टोली सेमिफाईनलमा यात्रा बनाएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

आईबतार विहान भएको खेलमा पोखरा–२५ पुम्दी भुम्दीलाई पोखरा १६ ले ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पोखरा १६ को जितमा दिनेश अधिकारीले दुई, मिलन केसी र ईश्वर वानियाले एक एक गोल गरेका हुन । दोश्रो क्वाटरफाईनल खेलमा पोखरा १३ ले पोखरा ६ लाई ५–१ को गोल अन्तरले पराजित गरेको हो । पोखरा १३ को जितमा नवराज गुरुङ र सुनिल विकेले दुई÷दुई गोल गर्दा सामसुल्दीन मियाले एक गोल गरेका हुन । पोखरा ६ का अनिल विकेले शान्त्वना एक गोल गरे ।

निकै प्रतिष्प्रर्धामा सम्पन्न भएको तेश्रो क्वाटरफाईनल खेलमा सडेन डेथमा पोखरा १४ ले पोखरा १२ लाई पराजित गरेको हो । निर्धारित र अतिरिक्त समयमा दुबै तर्फ गोल रहित बराबर हुदै टाईब्रेकरमा पनि दुबै तर्फ ४–४ गोलले खेल बराबरीमा पुगे पनि निर्णायकको अन्तिम विकल्प खेल सडेन डेथमा पुगेको हो । सडेन डेथमा पनि पहिलो पटक दुबै तर्फका एक एक जना खेलाडीले हान्दा बराबर भए पछि दोश्रो पटकमा पेनाल्टी सुट हान्दा पोखरा १२ का खेलाडीले गोल गर्न चुके पछि सडेन डेथमा १–० ले पोखरा १४ ले जित हासिल गर्दा पोखरा १२ प्रतियोगिताबाट बाहिरिएको हो ।

अन्तिम क्वाटरफाईनल खेलमा पोखरा २७ हेमजाले पोखरा १० लाई अतिरिक्त समयमा २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । निर्धारित समयमा दुबै तर्फ खेल बराबरीमा टुंगिए पछि अतिरिक्त समय ७÷७ मिनेटको खेलाईएकोमा अतिरिक्त समयमा पोखरा २७ का रोसन केसीले निर्णायक गोल गरेका हुन । निर्धारित समयमा पोखरा २७ का समिरि कार्की र पोखरा १० का रिदेश गुरुङले एक एक गोल गरेका थिए ।

सुक्रबार भएको खेलमा पोखरा ११ ले पोखरा २५ लाई ४–१ को गोल अन्तल पराजित गरे पनि पोखरा २५ ले बाहिरी खेलाडीहरु राखेको भन्दै उजुरी हाले पछि आवश्यक काजपत्र सम्वन्धित वडाले आयोजकलाई उपलब्ध गराउन नसकेको कारणले गर्दा वडा २५ स्वतः विजयी हुदै क्वाटरफाईनलमा यात्रा पाएको हो । आईतबार खेलमा केहि विवाद भएको थियो ।

त्यसै गरी शनिबार भएको खेलमा पोखरा १३, पोखरा १२, पोखरा १४, पोखरा २७ र पोखरा १० ले जित हासिल गर्दै क्वाटरफाईनलमा यात्रा बनाएका हुन । पोखरा १३ ले पोखरा २९ लाई २–१ को गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा पोखरा १२ ले पोखरा १९ लाई २–० ले पराजित गर्यो । पोखरा १४ ले अर्को खेलमा पोखरा ९ लाई ३–० ले पन्छाउदै क्वाटरफाइनलमा यात्रा बनाउदा पोखरा २७ ले पोखरा १७ लाई ४–२ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । शनिबारको अन्तिम खेलमा पोखरा १० ले पोखरा १५ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको हो । पोखरा उप–महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करीब दुई दशक पछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक भएको हो ।

कमेन्टहरु
Loading...