बैदाम तामाङ्ग समाजको ल्होछार शुभकामना

पोखरा, १६ माघ/बैदाम तामाङ्ग सेवा समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा आयोजना गरेको पारिवारिक बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समाजले निर्माण गर्न लागेको तामाङ्ग गुम्बा स्थल ग्याजर्दी लेकसाइडमा आयोजित कार्यक्रममा बैदाम तामाङ्ग सेवा समाजमा आवद्ध सदस्य, मिस तामाङ्ग पोखराका सहभागी तथा पोखराका तामाङ्ग समुदायको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्गको साँस्कृतिक भवन निर्माणका लागि समाजका सदस्यहरुबाट रु. ६० हजार ८ सय ८ सहयोग प्रदान गरिएको थियो । सो अवसरमा उक्त रकम बराबरको चेक घेदुङ्ग कास्कीका अध्यक्ष कृष्णबहादुर तामाङ्गलाई हस्तान्तरण गरिएको बैदाम तामाङ्ग सेवा समाजका सदस्य जेसिका तामाङ्गले जानकारी दिए ।

कार्यक्रममा समाजले निर्माण गर्दै गरेको गुम्बाका लागि समाजका सदस्य चन्द्रकला पाख्रिनले रु ५० हजार ५५, ठेकेदार टेकबहादुर मोक्तानले रु २६ हजार नगद रकम सहयोग गरेका थिए । बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश नम्बर ४का अध्यक्ष दिपक वाइवा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका पुर्व केन्द्रिय कार्यवाहक अध्यक्ष कुम्भबहादुर तामाङ्ग, नेपाला तामाङ्ग घेदुङ्ग कास्की अध्यक्ष कृष्णबहादुर तामाङ्ग लगायतले बोलेका थिए ।

गुम्वामा बुद्ध प्रार्थना र पुजा गरि शुरु भएको कार्यक्रममा तामाङ्ग साँस्कृतिक भेषभुषामा सेलो नृत्यहरु प्रदर्शन गरिएको थियो ।

कमेन्टहरु
Loading...