स्वतन्त्र पत्रकार संघ कास्कीमा थापा

पोखरा, १५ माघ /स्वतन्त्र पत्रकार संघ जिल्ला समिति कास्कीको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन्।
संघको छैटौ साधारण सभा तथा तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा कृष्णबहादुर रानाभाट सारथि, सचिवमा असफल गौतम, कोषाध्यक्षमा तीलक थापा र सहसचिवमा श्रीभद्र पौडेल निर्वाचित भएका छन् ।

यस्तै संघका सदस्यमा भरतप्रसाद तिवारी, सुरेशराज अधिकारी, खीमकुमारी शर्मा, लक्ष्मी गुरुङ र सागर कार्की रहेका छन् ।
अधिवेशनले कृष्णप्रसाद बास्तोला, दीननाथ बराल, उदयबहादुर अमात्य, शान्ति राणा, विश्वलाल श्रेष्ठ, नारायण कार्की, शीला गुरुङ, माधव वियोगी, प्रेम नेपाली, ऋषिराम बराल, कल्याण पन्त, दुर्गा अधिकारी, पदमराज घिमिरे, प्रकाश बास्तोला, नैनबहादुर क्षत्री, राजेन्द्र खत्री, प्रल्हादचन्द्र घिमिरे, ढाकामोहन बराल, डिल्लीरमण काफ्ले, र फुलप्रसाद गुरुङलाई पार्षदमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवि प्रसाद शर्माले उद्घाटन गरेका थिए । प्रमुख अतिथि शर्माले आफू विश्वविद्यालयको उपकुलपति भएपछि विश्वविद्यालयलाई कसरी अगाडि बढाउनु हुन्छ भनेर सोध्दा स्वतन्त्र रुपमा कार्य गरेर सबैलाई मिलाएर अगाडि बढाउछु भनेको स्मरण गर्दै पत्रकार सधै स्वतन्त्र हुनुपर्ने बताए।

सभामासंघद्वारा सञ्चालित पुरस्कारका संस्थापक प्रजातन्त्रसेनानी लीलाभक्त आचार्य, संघका केन्द्रीय सल्लाहकार नारायण कार्की, केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, केन्द्रीय कोषाध्यक्ष दीननाथ बराल, केन्द्रीय पार्षद दुर्गा अधिकारी, वानका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नागरिक समाजका संयोजक रामबहादुर पौडेल,संघका पाल्पा जिल्ला सचिव रामराज ज्ञवालीलगायतले बोलेका थिए। सभामा प्रस्तुत सचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष थापाले आफूलाई अध्यक्षमा निर्वाचित गराउनेप्रति आभार प्रकट गर्दै संघ स्थापनाको गरिमालाई उचो राख्नका लागि कुनै कसर बाँकी नराख्ने बताए।

२०५६ सालदेखि प्राकृत पोखरा पाक्षिकबाट पत्रकारिता सुरु गरेका अध्यक्ष थापा पोखरा हटलाइन दैनिक, हिमदूत, रसरङ्ग साप्ताहिक, कमाण्डर दैनिक, पोखरा दर्पण, नयाँबजार, इन्द्रेणी साप्ताहिक हुँदै रेडियो सराङ्कोटको स्थापना कालदेखि कार्यकारी निर्देशकका रुपमा पत्रकारितामा क्रियाशील रहदै आएका छन्। स्वतन्त्र पत्रकार संघका संस्थापक, राष्ट्रिय प्रेस क्लबका केन्द्रीय सदस्यसमेत रहेका थापा रेयुकाइ पोखराको अध्यक्ष, कृषि पत्रकार समूह र सराङ्कोट बहुउद्देश्यीय सहकारीको सचिव, सामुदायिक प्रहरी सेवा जिल्लाको सल्लाहकार, सिर्जना विकास केन्द्रको प्रथम उपाध्यक्ष, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको उपाध्यक्ष जस्ता विविध सामाजिक र सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा रहेर कार्य गर्दै आएका छन्।

निर्वाचित पार्षदमध्येबाट बोल्दै उदयबहादुर अमात्यले संघले नाम जस्तै काम गर्न आफू क्रियाशीलताका साथ अगाडि बढ्ने र सबैलाई मार्गनिर्देशन गर्ने प्रतिबद्धता व्यक्त गरे। डा. रामचन्द्र बरालको संयोजकत्वमा सूर्यप्रसाद ढकाल र रामराज ज्ञवालीसहितको तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन गरेको थियो ।संघका अध्यक्ष वीरेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष पद्मराज घिमिरे उदासीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण रानाभाट सारथिले गरेका थिए।

कमेन्टहरु
Loading...