अमरसिँह उच्चमाविमा निशुल्क दन्त शिविर

पोखरा ६ असार/पोखराको अमरसिँह नमुना उच्चमावीमा आज दन्त शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा सममपर्णको आयोजनामा भएको कार्यक्रममा विद्यालयका कक्षा ५ देखि १० सम्मका करीब १२ सय विद्यार्थिहरुको दन्त परिक्षण गरेका थिए । मन्र्जडेण्टीक सेन्टरका डा. अञ्जना कर्माचार्य र निर्मला मल्ल, डेण्टल हाईजेनिक सर्मिला मल्ल, डेण्टल एसिस्टेन्टहरु सपना गुरुङ्ग र मञ्जु गुरुङ्गले प्राविधिक सहयोग गर्नु भएको कार्यक्रममा अमरसिँह नमुना उच्चमावीमा रहेका ६० जना दृश्टिबिहिन विद्यार्थिहरुलाई खाजा र औषधि वितरण गरीएको थियो ।

कार्यक्रममा योगेन्द्र प्रधान, रिजन चेयर पर्सन भिम थापा, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विश्व प्रकाश लामिछाने, प्राचार्य नवराज पौडेल लगायतले शुभकामना दिएका थिए । डा. अञ्जना कर्मचार्यको संयोजकत्वमा भएको कार्यक्रममा ध्वजाको अभिवादन लायन अम्भु कर्मचार्य र संचालन क्लबकी सचिव आभा जोशीले गरेकी थिइन् । कार्यक्रम लायन्स क्लब अफ पोखरा सपर्णका अध्यक्ष लायन उर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...