पोखराका ब्यवसायिक महिला नैनितालको यात्रामा

माघ १५, नैनिताल /पोखराका विभिन्न क्षेत्रका ब्यवसायिक महिला पश्चिम नेपालका पर्यटकिय ठाउँ हुदै भारतको नैनिताल तिर प्रस्थान गरेका छन । मेट्रो ईन टुर्स एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक कमला गिरीको संयोजनमा २७ जनाको टोलि शुक्रबार बिहान भारत तिर प्रस्थान गरेको हो ।

घर ब्यवस्थापन देखि विभिन्न पेशा तथा ब्यवसायमा आवद्ध महिलामा एकोहोरो कामको बोझले उत्पन्न तनावलाई ब्यवस्थापन गर्दै मनोरञ्जन लिने र विभिन्न ठाउँको जानकारी हासिल गर्ने उद्देश्यले भ्रमण कार्यक्रमको आयोजना गरेको गिरीले बताउनु भयो ।

मेट्रो ईन टुर्स एन्ड ट्राभल्सको बाषिक कार्यक्रम अन्तरगत रहेको यस भ्रमण टोलिमा उद्यमि , शिक्षक,पत्रकार लगयतका ब्यवसायिक महिलाको सहभागिता रहेको छ । सुदुर पश्चिम् नेपालका पर्यटक ठाउँहरु अवलोकन र थारु सस्कृतीका बारेमा जानकारी लिदै भारतको नैनिताल पुगेर १७ गते पोखरा फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

कमेन्टहरु
Loading...