१५ औं आहा रारा गोल्डकपमा को उत्कृष्ट भए (नाम सहित)

सागर राज तिमिल्सिना
पोखरा, १५ माघ/मनाङ मस्र्याङदी क्लब १५ औं आहा रारा गोल्डकपको उपाधि जितेको छ । आयोजक सहारा क्लबलाई १–० ले हराउदै उपाधि चुमेको हो । मनाङका कमल श्रेष्ठले ७० औ मिटनमा गोल गर्दै उपाधी दिलाए ।

मनाङले यो सगँ पाँचौ पटक आहा राराको उपाधी जितेको छ । उसले दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करणको उपाधि उचालेको हो । मनाङ छैटौं र सातौं संस्करणमा पोखरा आएन ।

१२ औं संस्करणमा सहाराले मनाङलाई १–० ले स्तब्ध पार्दै च्याम्पियन बनेको थियो । सहाराको दोस्रो उपाधि जित्ने योजना पूरा भएन ।
उत्कृष्टहरु
उत्कृष्ट खेलाडी – सुजित गुरुङ (मनाङमस्र्याङदी क्बल)
उत्कृष्ट फर्वाड – शिब सुबेदी (सहारा क्लब)
उत्कृष्ट किपर –सुजित गुरुङ (सहारा क्लब)
सर्वाधीक गोल कर्ता – कर्ण लिम्बु ( झापा ११ ) तीन गोल
उत्कृष्ट प्रशिक्षक– किरण श्रेष्ठ (सहारा क्लब)
उत्कृष्ट डिफेन्स – कमल श्रेष्ठ (मनाङमस्र्याङदी क्लब)
उत्कृष्ट मिडफिल्डर – सुजल श्रेष्ठ (मनाङमस्र्याङदी क्लब)
फेयरप्ले– झापा ११

कमेन्टहरु
Loading...