१५ औं आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र सहारा विचको खेल सुरु

पोखरा, १५ माघ/१५ औं आहा रारा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब खेल सुरु भएको छ । केही दिन पहिल हेटौडामा भएको खेलमा सहारालाई मनाङले १–० ले हराएको थियो । त्यसैको बदला लिने दाउमा सहारा मैदान उत्रिदै छ भने मनाङ जितलाई निरन्तरता दिने दाउमा छ । आहा रारा यी दुई टिम ६ पटक खेली सकेका छन् । दुबै टिमले तीन तीन पटक जितेका छन् । 

सहारा पहिलो चरणमा सुदुरपश्चिम, क्वाटरफाइनलमा युनाइटेड सिक्किम भारत र सेमिफाइनलमा आर्मीलाई हराउदै उपाधि नजिक आएको हो । मनाङ क्वाटरफाइनलमा धरान फुटबल क्लब र सेमिफाइनलमा संकटा क्लबलाई हराउदै उपाधि होडमा आएको हो ।

आहा रारा गोल्डकपको उपाधिका लागि आयोजकको टिम र मनाङ दोस्रो पटक भिड्न लागेका हुन् । यसअघि १२ औं आहा रारा गोल्डकपको फाइनलमा सहाराले मनाङलाई १–० ले हराउदै उपाधि चुमेको थियो । आयोजकको टिम उपाधिका लागि भिड्न लागेको यो तेस्रो पटक हो ।

यसअघि ११ औं संस्करणको उपाधि होडमा थ्रिस्टरसँग पराजित हुदै सहारा उपविजेतामा सिमित भएको थियो । आहा रारामा ९ पटक फाइनल पुगेर चार पटक उपाधि उचालेको मनाङ अघिल्लो बर्षको विजेता टिम हो । मनाङले यसअघि दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करणको उपाधि उचालिसकेको छ ।

कमेन्टहरु
Loading...