हिरो याक्स–ट्रीम मोटरसाइकलको पोखरामा रोड सो

पोखरा ६, असार/हिरो कम्पनिको उत्पादन हिरो याक्स–ट्रीम मोटरसाइकलको विहिबार पोखरामा मोटरसाईकल ¥याली (रोड सो) गरीएको छ । हिरो याक्स–ट्रीम मोटरसाईकल कास्कीको मुख्य विक्रेता पोखरानयाँ बजारमा रहेको ईन्टरनेश्नल अटो पाट्सको आयोजनामा भएको मोटरसाईकल र्यालीले पोखराका विभिन्न भाग परिक्रमा गरीएको सेल्स म्यानेजर मदन श्रेष्ठले बताए ।

करीब ६ महिना अघि पोखरामा भित्रिएको मोटरसाईकलको प्रबद्र्धन गर्न रोड कार्यक्रम आयोजना गरीएको श्रेष्ठले बताए । २ लाख १४ हजार देखि २ लाख ७५ मुल्य मुल्य पर्ने उक्त मोटरसाईकलले धेरै माईलज दिने तथा राम्रो पिकअप भएको म्यानेजर श्रेष्ठले बताए । डिजिटल मिटर, टिउलेस टायर, १ सय ५० सीसी, डवल तथा एकल डिक्स रहेको उक्त मोटरसाईकल कालो, रातो, खरानी तथा चाँदी कलरमा उपलब्ध भएको म्यानेजर श्रेष्ठले बताए ।

हिरोका उत्पादित मोटरसाईकल किन्दा २० पटक फ्रि सर्भिसिङ, फाईनान्सको सुविधा, बर्षको कर तिर्ने, ईन्जीनमा ३ बर्ष ज्ञारेन्टी तथा व्याट्रिमा १ बर्ष वारेन्टी भएको ईन्टरनेश्नल अटो पाट्सले जनाएको छ ।

कमेन्टहरु
Loading...