पत्रकार महासंघ कास्कीको अध्यक्षमा रमेश, दिपेन्द्र र त्रिभुवनको उमेद्वारी घोषणा

पोखरा, १४ माघ /पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि रमेश पौडेल, दिपेन्द्र श्रेष्ठ र त्रिभुवन पौडेल चुनावी मैदानमा उत्रिएका छन् । पौडेललाई प्रेस युनियन, श्रेष्ठलाई प्रेस चौतारी र पौडेललाई प्रेस सेन्टर कास्कीले उमेद्वारका रुपमा आगडी बढाएका हुन् ।

फागुन ३ गते हुने अधिवेशन हुदैछ । प्रेस सेन्टर नेपाल कास्कीको शुक्रबार बसेको बैठककले पौडेललाई आसन्न अधिवेशनमा अध्यक्षमा उठाउने निर्णय गरेको हो । उनी प्रेस सेन्टर कास्कीका पूर्व अध्यक्ष एवं प्रदेश नम्बर ४ का अध्यक्ष हुन् । उनले पत्रकार महासंघ कास्कीमा दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

पोखरा हटलाइन दैनिकका प्रकाशक पौडेल हाल उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस विज्ञ समेत हुन् । पौडेलले नेपाल टेलिभिजन, रेडियो अन्नपूर्णमा रहेर काम गरिसकेका छन् ।

यस अगाडी युनियनको बैंठकले पौडेललाई अध्यक्षमा उठाउने निर्णय गरेको हो भने चौतारीको बुधवार बसेको बैंठकले श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको हो । अन्य पदमा भने अहिलेसम्म उमेदवारी घोषणा भएको छैन ।

अध्यक्षका उमेदवार पौडेल हाल रेडियो वाराहीका कार्यकारी निर्देशक हुन् भने नेपाल टेलिभिजन र गोरखापत्र दैनिकमा आबद्ध छन् । अर्का उमेदवार श्रेष्ठ रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत हुन् ।

कमेन्टहरु
Loading...