सिद्धार्थ बैंकको शाखा लेकसाइडमा

पोखरा, १४ माघ/सिद्धार्थ बैंकले पोखराको सभागृहस्थित शाखा कार्यालयलाई पोखराको लेकसाइडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले संयुक्त रुपमा गरेका छन् ।

बैंकले यस शाखा मार्फत् आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले आधुनिकतम बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सिद्धार्थ बैंकले हाल ६१ शाखा, २ एक्स्टेन्सन काउन्टर, ६८ शाखारहित बैंकिंग सेवा केन्द्र तथा ८२ ए.टी.एम मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको मसान्तको वित्तिय विवरण अनुसार बैंकको कुल निक्षेप ७४.९३ अर्ब रुपैया, कुल कर्जा ६२.६५ अर्ब, खुद मुनाफा ७२.६० करोड रुैपया रहेको बैकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...