पोखरा वडाकप फुटबल जारी, उद्घाटन खेलमा पोखरा–१७ को बिजयी

पोखरा १४, माघ/पोखरा रंगशालामा सुक्रबार भएको वडा स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन खेलमा पोखरा १७ ले पोखरा ५ लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । पोखरा १७ ले पोखरा ५ लाई २–१ को गोल अन्तरले पराजित गर्दैै विजयी सुरुवात गरेको हो ।

पोखरा १७ को जितमा पुर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङ र प्रताप सैजुले एक एक गोलको योगदान दिदा पोखरा ५ का अविरल गिरीले एक गोल गरेका थिए । त्यसै गरी सुक्रबार नै भएको पोखरा ११ बिरुद्ध पोखरा २५ विचको खेलमा पोखरा ११ ले ४–१ को गोल अन्तले जित हासिल गरेको छ । पोखरा २५ ले पोखरा ११ बिरुद्ध उजुरी हालेको छ । पोखरा १६ ले अर्को खेलमा पोखरा १ लाई २–१ को गोल अन्तरले पराजित गर्यो।

निकै प्रतिष्प्रर्धामा सम्पन्न भएको पोखरा ६ र पोखरा २ बिचको खेल टाईब्रेकरमा ४–२ ले पोखरा ६ ले जित हासिल गरेको छ। ३५÷३५ मिनेटको निर्धारित समयमा दुवै तर्फ गोल रहित खेल बराबरीमा पुगे पछि निर्णायकको लागि खेल टाइब्रेकरमा पुगेको हो । पोखरा १५ ले पोखरा ४ लाई एकतर्फी ९ गोल बर्षाउर्दै दोश्रो चरणमा यात्रा तय गरेको छ । पोखरा १५ को जितमा दिनेश मल्लले ६ गोल गर्दै डवल ह्याट्रिक गरेका छन। भोलि शनिबार अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा ५ वटा खेलहरु हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

यसैबिच, उक्त प्रतियोगिताको सुक्रबार एक समारोहका बिच पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले उद्घाटन गर्दै कास्कीमा रहेका सरकारी निकायलाइ खेलकुदको विकासको लागि खेल गतिविधिमा लगानी गर्न निर्देशन दिएका छन । उनले भने “ पोखरा पर्यटकीय नगरी मात्र होईन, यहाँ खेलकुदका धेरै गतिविधि हुदै आएका छन, खेलकुद प्रतियोगिताले मात्र खेलकुदको विकास हुन सक्दौन, विभिन्न खेलका मैदान तथा भौतिक संरचना निमार्णमा पनि सवैले ध्यान दिनुपर्छ ।” विभिन्न करको दायरा बढायर भएपनि खेल गतिविधिमा गरेको लगानी राष्ट्र निमार्णमा ठुलो योगदान पुग्ने बरालको भनाई थियो।

पोखरा उप–महानगरपालीकाका कार्यकारी अधिकृत नवराज ढुंगनाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, प्रतियोगिताका संयोजक पोखरा उपमहानगरपालीकाका बरिष्ठ कानुनि अधिकृत नारायण शर्मा, एन्फा कास्कीका उपाध्यक्ष मीलन गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले वोलेका थिए । पोखरा उप–महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करीब दुई दशक पछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक सुरु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले बताए । उक्त प्रतियोगिता अनौपचारीक रुपमा विहिबार बाटै सुरु भएको हो । उनका अनुसार प्रतियोगितामा २९ वडाहरु मध्य २३ वडा वडाहरुले सहभागि जनाएकाछन ।

कमेन्टहरु
Loading...