विश्व संगीत दिवसको पूर्वसन्ध्यामा मोटरसाइकल ¥याली

पोखरा ०६ असार/विश्व सगीत दिवस २०१३ को पूर्वसन्ध्यामा बिहीबार पोखरामा प्रचारात्मक मोटरसाइकल ¥याली निकालीयो । विश्व संगित दिवस जुन २१ तारिखको पूर्वसन्ध्यामा पोखरामा रहेका विभिन्न सांगीतीक संघ सस्थाहरुले संयुतm रुपमा मोटरसाइकल ¥यालीको आयोजना गरेका हुन । त्रिबेणी संगीतालय नया सडकको मुख्य संयोजनमा हुन लागेको बृहत सास्कृतिक कार्यक्रमको पूर्व सन्ध्यामा पोखराको मानवअधिकार चोकबाट निकालिएको ¥याली शहरका विभिन्न ठाउहरुमा पुगी पुन मानवअधिकार चोकमा आइ समापन भएको थियो ।

मानवअधिकार चोकबाट शुरु भएको ¥याली रामकृष्णटोल, भैरबटोल, मोहोरियाटोल , बिन्ध्यवासिनी , बागवजार, बगर, नदीपुर, पालिखेचोक , महेन्द्रपुल, नयाबजार, पृथ्वीचोक,सभागृहचोक, नयासडक , चिप्लेढुंगा हुदै पुन मानवअधिकार चोकमा पुगी समापन भएको थियो । ¥यालीमा पोखरामा रहेका विभिन्न १४ वटा आयोजक संस्था र सहयोगी सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

विश्व संगीत दिवस जुन २१ को दिन पोखरामा विविध सास्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखराका पदमराज ढकाल र संगीतकर्मी बिनिद जोजीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । जोजी र ढकाललाइ विश्व संगीत प्रोत्साहन र सम्मान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...