खानेपानी संस्थानद्वारा पानी चोर्ने उपभोक्तालाई कावार्ही

पोखरा, १४ माघ/ नेपाल खानेपानी संस्थान पोखरा शाखाले मिटर खोली पानी चोरी गर्ने उपभोक्तालाई कावार्ही गरेको छ । ३७ हजार उपभोक्तालाई सेवा दिईरहेको संस्थानले घारिपाटन र सृजनाचोक क्षेत्रका पानी चोरी गर्ने उपभोक्ताको पानी तान्ने मोटर समेत जफत गरिएको अनुगमनमा खटिएका संस्थानका सव ओभरसियर लक्ष्मण पाण्डेले जानकारी दिए ।

पाण्डेको नेतृत्वमा गएको टोलीले मुक्तीराम पहारीको नाममा रहेको हाल राजकुमार सुनारले उपभोग गरिरहेको धारामा पानी तान्दा–तान्दै पानी तान्ने पम्प जफत गरिएको थियो । संस्थानले चोरी गर्ने उपभोक्ताको नाम लिष्ट तयार समेत गरिएको जनाएको छ । पानीको स्रोत भएपनि लाप्रवाही गर्ने उपभोक्ताका कारण पोखरामा पानी वितरणमा प्रत्यक्ष प्रभाव परेको संस्थान स्रोतले जनाएको छ ।

पोखरा घारिपाटनका गंगावहादुर गुरुङ र बुद्धिबहादुर गुरुङ लगायत लापर्वाही गर्ने ७ जना ग्राहकलाई जनही ५ हजार जरिवाना गरिएको टोलीमा सहभागि पोखरा शाखाका कर्मचारी विष्णुप्रसाद रेग्मीले जानकारी दिए । यता खानेपानी संस्थानले पानीको महशुल नतिर्ने उपभोक्ताको धारा कनेक्सन काटिने जनाएको छ ।

पानीको महशुल नियमित नहुने उपभोक्ताको धारा काट्ने सूचना संस्थानले दिईसकेको जनाएको छ । खानेपानी संस्थान पोखरा शाखामा करिव १७ करोड वक्यौता रहेको महशुल शाखाका कर्मचारी कमलकान्त लामिछानेले जनाए ।

कमेन्टहरु
Loading...