ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सवमा २ करोड ७० लाख नगद संकलन

पोखरा, १२ माघ /कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ्रे मावि÷शिक्षा क्याम्पसमा आयोजित ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सव बुधबार सम्पन्न भएको छ । आठ दिन सम्म संचालन गरिएको महोत्सवमा करिब २ करोड ७० लाख रुपैयाँ नगद दान संकलन भएको महाचिव यादवराज अधिकारीले जनाकारी दिनुभयो ।

महोत्सवमा करिब ८० मुरी धान र २५ मुरी चामल संकलन भएको छ । विद्यालयको खेलमैदान निर्माणका लागी करिब ३ आना र महोत्सवमा २ लाख बराबरको जग्गा समेत दान गरिएको आयोजकले जनाएको छ । उक्त अवधिमा ८ जनाको चौरासी पुजा र १ सय भन्दा धेरैले तुलादान गरेको यज्ञका प्रमुखकर्ता तिर्थराज पौडेलले जानकारी दिनुभयो । महोत्सवको अन्तिम दिन बुधबार मात्रै करिब ३७ लाख रुपैयाँ दान संकलन भएको छ ।

पाँच सय देखी ४१ लाख रुपैयाँ सम्म दान प्राप्त भएको जनाईएको छ । हजारौ दानविरहरुले प्रत्यक्ष रुपमा सहयोग प्रदान गरेका छन् । प्रविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धी गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलले जानकारी दिनुभयो । महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गोविन्दशरण महाराज र मधुर वाणीकी धनी मीरादेवीले श्रीमद् भागवत कथा वाचन गर्नुभएको थियो ।

महोत्सवमा ५१ सय शान्ति कलश पूजन, सहस्रशालिग्राम पूजा, विराट धनधान्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, शुभ व्रतवन्ध, शैक्षिक प्रदर्शनी लगायत समावेश गरिएको थियो । साथै महोत्सव समापनका अवसरमा निर्माणको महायज्ञ सुरु भएको घोषणा गरिएको छ ।

कमेन्टहरु
Loading...