ईञ्जीनियरहरुको ‘बदमाश माया’ सार्वजनिक

पोखरा, १२ माघ /ईञ्जीनियर प्रकाश काफ्लेको रचना तथा अर्काे ईञ्जीनियर जयन्ती जोशी र गायक लक्ष्मण चापागाईंको स्वरमा रहेको रोइला गीत ‘बदमाश माया’ युट्युव मार्फत सार्वजनिक भएको छ ।

जनता डिजिटल प्रा. लि. ले बजारमा ल्याएको यो गीती एलबममा लय लक्ष्मण चापागाईंले नै संयोजन गरेका हुन् ।
नेपाल विद्युत प्रधिकरणमा कार्यरत काफ्लेको यो दोस्रो एल्बम हो ।

यस अगाडी उनले ‘मेरो अन्तिम धोको’ मार्फत सांगितिक फाँटमा पाइला राखेका हुन् । यसको म्युजिक भिडियोमा पनि काफ्लेले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा निरुता शाही ठकुरीले साथ दिएकी छिन् भने म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका छन् ।
https://www.youtube.com/shared?ci=HxX_GzMTq_c

कमेन्टहरु
Loading...