सरल नमुना सहकारीको रक्तदानमा ४२ युनिट रगत संकलन

माघ १०, पोखरा । पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण सहकारीले आफ्नो नबौ स्थापना दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त संचार केन्द्र​ पोखराको प्राबिधिक सहयोग रहेको रक्तदान कार्यक्रमकमा ४२ युनिट रगत संकलन भएको  सहकारीका अध्यक्ष दिपक बास्तोलाले जानाकारी दिए ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले सहकारी  नाफामुखि मात्र नभइ सामाजिक कृयाकलापमा पनि अग्रसर हुनुपर्ने बताउदै सरल नमुना बचत तथा ऋण सहकारीले उदाहरणीय काम गरेको बताए  । साना साना पुँजीलाई परिचालन गरेर  आर्थिक चलाएमान गराइ देश बिकाशमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । त्यस्तै जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकालले सहकारीको तिन खम्बे नितिलाई अबलम्बन गरि अगाडी बढ्नुपर्नेमा जोड दिए  । कार्यक्रममा भर्खरै  निर्बाचित जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकाललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

सरल नमुना सहकारीको रक्तदानमा ४२ युनिट रगत संकलन
सरल नमुना सहकारीको रक्तदानमा ४२ युनिट रगत संकलन

सरल नमुना बचत तथा ऋण  सहकारीका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि पोखरा शाखाका प्रबन्धक केदारनाथ उप्रेती,सहकारीका सल्लाहकार भरत प्रसाद तिवारी,उपाध्यक्ष एंबम कार्यक्रम संयोजक राम बहादुर बुलकोटीले आ आफ्ना भनाइहरु राखेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल बास्तोलाले गरेका थिए  । सहकारीले स्थापना दिबसको अबसर पारेर मंगलबार आकुरा भिलेजमा रहेका   एचआईभि संक्रमित बालबालीकालाई शैक्षिक सामाग्री बितरण गर्ने सचिव निर्मल बास्तोलाले जानाकारी दिए ।

कमेन्टहरु
Loading...