पोखरामा हुने सृजना आमन्त्रण भलिबल प्रतियोगिताको मिति स¥यो

पोखरा, १० माघ /पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको आयोजना तथा सृजना विकास केन्द्रको संयोजनामा माघ १८ देखि हुने भनिएको सर्वाधिक पुरुस्कार राशीको सृजना आमन्त्रण महिला÷पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता पूर्व निर्धारित मितीमा नहुने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार उक्त प्रतियोगिता अव माघ २२ देखि २९ गते सम्म संचालन हुने भएको छ ।

योगीका अनुसार नेपालका महिला राष्ट्रिय टोलीका खेलाडीहरु माघ १८ देखि मालदिभ्समा संचालनहुने वल्र्ड च्याम्पियनसिप क्वालिफाइङ्गमा सहभागीहुन जाने भए पछि प्रतियोगिता सार्नु परेको हो । प्रतियोगिताका लागि हाल पोखरा रंगशालाको भलिवल मैदान मर्मत सम्भार लगायतका कार्यहरु दु्रत गतिमा भइरहेको योगीले बताए ।

कमेन्टहरु
Loading...