सहारा एकेडेमीलाई युके र अष्ट्रेलीयाबाट सहयोग

पोखरा, १० माघ/सहारा क्लवद्धारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषको लागि अष्ट्रेलीया र बेलायतका क्लबले सहयोग गरेका छन् । सहारा क्लव, अष्ट्रेलीयाबाट ३ लाख ५१ हजार र सहारा क्लब युकेबाट ५ लाख २५ हजार गरि ८ लाख ७६ हजार सहयोग गरेका हुन् । सोमबार क्लवमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लव, अष्ट्रेलीयाका अध्यक्ष राजमान थकाली, सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर वेलायतबाट उक्त रकम हस्तान्तरण भएको हो । सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसिसी) वेलायतबाट ५ लाख २५ हजारको चेक सहारा युकेका अध्यक्ष मीन गुरुङ (साईला) ले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन।

सहारा एकेडेमीलाई युके र अष्ट्रेलीयाबाट सहयोग
सहयोग हस्तान्त्ररण गर्दै तस्विर ः सुर्दशन रञ्जित

त्यसै गरी क्लवका अध्यक्ष आचार्यलाई नै सहारा क्लव, अष्ट्रेलीयाका अध्यक्ष राजमान थकालीबाट सहारा एकेडेमीको अक्षयकोष स्थापनार्थ ३ लाख ५१ हजारको चेक हस्तान्तरण गरेका हुन । त्यस्तै दोश्रो पुरस्कारको राषि २ लाख ५१ हजार थकालीले सोमबार नै क्लवलाई हस्तान्तरण गरेका हुन ।

सहारा एफ.सी.का अध्यक्ष एवं बीसिसी युकेका कोषाध्यक्ष कुसाङ गुरुङले ५ लाख २५ हजार रकम सहारा युकेका अध्यक्ष मीनलाई हस्तान्तरण भए पछि मीनले क्लवलाई हस्तान्तरण गरेका हुन। कार्यक्रममा बोल्दै कुसाङले आफ्नो गक्षले भ्याए सम्म आफुहरुले सहारा क्लवको हरेक गतिविधिमा साथ दिदै सहयोग गर्ने वचन दिए । सहारा क्लव, अष्ट्रेलीयाका अध्यक्ष राजमान थकालीले आफ्नो रेष्टुरेण्टमा डिनर पार्टी देखि विभिविभन्न कार्यक्रम गरी संकलन भएको त्यसमा आफुलेसहित सहयोग गरी उक्त सहयोग विगतका बर्ष देखि गर्दै आएको बताए । उनले आगामी बर्ष सम्मको लागि दोश्रो पुरस्कार प्रायोजना समेत गरेका छन ।

क्लवका मानार्थ सदस्य महेश गुरुङले विभन्नि देशमा स्थापना भएका सहाराका शाखाहरुले क्लवको गतिविधिहरुमा सहयोग गर्नुउत्तम कार्य भएको प्रंशम्सा गरे । सहारा युकेका अध्यक्ष मीन गुरुङले आफुहरुले आहा रारामा म्यान अफ दी म्याच हुनेलेलाई ट्रफीको साथमा ३ हजार नगद पुरस्कार दिदै आएको बताए । आगमी दिनमा क्लवको एकेडेमीलाई दिगो रुपमा संचालन गर्न आफुहरुले सहयोग गर्ने बताए ।

क्लवका अध्यक्ष विरभद्र आचार्यले सहयोगी प्रति आभार व्यक्त गर्दै एकेडेमीको अक्षयकोषमा एक करोड बढी रकम संकलन भएकोले यस बर्षको आहा रारा सम्ममा एक करोड २५ लाख रुपैया संकलन हुने विश्वास गरेका छन । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरण पोषणमा खर्च गरिने बरिष्ठ उपाध्यक्ष एंव प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए।

कमेन्टहरु
Loading...