पोखराको सराङकोटमा प्याराग्लाईडिङ दुर्घटना, एक जनाको मृत्यु

पोखरा, १० माघ /पोखरामा २६ सराङकोटमा प्याराग्लाईडिङ दुर्घटना हुदा एक विदेशी पर्यटको निधन भएको छ । आइतबार भएको दुर्घटनामा परि इङल्याडका नागरिक माइकल पिटरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्याराग्लाईडिङ पोखरा २६ गोठादी सराङकोटमा दुर्घटनामा परि स्लो पाइल पिटरको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामापरी घाइते भएका उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको आइतबार राती साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...