त्रिभुन आर्मी क्लब १५ औ आहा राराको सेमिफाइनलमा

सागर राज तिमिल्सिना
पोखरा, १० माघ /त्रिभुन आर्मी क्लब १५ औ आहा रारा गोल्डकपमो सेमिफालनमा प्रबेश गरेको छ । रमपम झापा ११ लाई २ ० ले गोलले हराउदै आयोजक सहारा सगँको भेट पक्का गरेको छ । सहारा सँग १२ गते सेमिफाइनलमा खेल्ने छ ।

खेलको ४८ औ मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि गोलको खाता खोले । सन्तोष तामाङ पासलाई हेड गर्दै गोलकिपर बिट भएको बेला गोल गरेका थिए । त्यसै गरी खेलको ६९ औ मिनेटमा भरत खवासले गोल गरे । उनले करिब मध्ये भागबाट एक्लै लिएर गएको बल दोस्रोबार च्याप्दै गोल गरे । विभागीय टोली सगँ फितलो प्रर्दशन गरेको झापाले केही अवसर पाए पनि गोल गर्न सकेन ।

खेलको ५८ औ मिनेटमा योगेल गुरुङले वान भसेस वानमा गोल गर्न चुके । त्यसै गरि ८२ औ मिनेटमा रन्जित श्रेष्ठको फ्रिकि प्रहार गोलरक्षकले मुस्किल्ले जोगाए । आर्मीले खेलको १३ औ मिनेटमा सन्तोष तामाङको फ्रिकि बारमा लागेर फिकिदा गोल हुन सकेन ।

आहा रारामा मनाङ मस्याङदी क्लब, थ्री स्टार र नेपाल पुलिस क्लबले समान ४ पटक उपाधि जितेका छन् । सहारा क्लबले २०५८ पहिलो पटक आयोजना गरेको क्याराभान गोल्डकप जोड्दा पुलिसले पाँच पटक उपाधि जितेको छ ।

तीन क्लब मनाङ, पुलिस र थ्री स्टारबाहेक आयोजक सहारा र अफ्रिकन युनाइटेड क्लबले एक एक पटक उपाधि जितेका छन् ।
मंगलबारको खेल संकटा क्लब र बंगलादेशको फराजस सँग खेल्ने छ ।

कमेन्टहरु
Loading...