सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनमा उत्कृष्ट २० छनौट

पोखरा, ६ असार/उत्कृष्ट हुन सजिलो कहाँ छ र ? उत्कृष्ट बनेर सबैभन्दा शिखरमा पुग्नका लागी उसंग त्यति नै बढि क्षमता आवश्यक हुन्छ । शिखर चुम्ने चाहना त सबैको हुन्छ तर आफ्नो चाहना पुरा गराउनका लागी क्षमता पनि उस्तै हुनुपर्छ । सबैसंग एउटै खाले क्षमता भने हुँदैन । त्यसैले त सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन अन्तरगत सात सय ७० जनामध्येबाट अहिले २० जना मात्र सांगीतिक शिखर चुम्नका लागी दौडिरहेका छन् ।

Top 20 Contestantदुई दिन अगाडीसम्म २५ जना सामेल रहेको यो दौडमा बुधबारको अडिसनबाट ५ जना बाहिरिए । ‘जति उचाई तिर गयो त्यति नै बढि दौड गाह«ो हुँदै जाने हो ।’ विग आईकनका निर्णायक सुनिल थापाले भने–‘यो दौड जित्ने एउटाले हो तर दौडन भने अझै धेरै नै पर्छ ।’ विग आईकनका अर्का निर्णायक विनोद बाँनिया पनि अबको दौड प्रतियोगीहरुका लागी निकै गाह«ो हुँदै जाने बताए । निरन्तर हार नमानिकन आफ्नो क्षमता प्रदर्शन गर्नेले मात्र यो दौड जित्न सक्ने उनले बताए ।

उत्कृष्ट २५ मा पर्ने प्रतियोगीहरुमा राजिव परियार, लक्ष्मी थापा, एबि संकल्प, रविन न्यौपाने, प्रशान्ति राई, सुविन सेन्चुरी, केशव सुवेदी, सुरज थापामगर, प्रज्वल भित्रिकोटी, अनिता गुरुङ,मिलन गुरुङ, शक्तिकुमार श्रेष्ठ, ईनिशा दुरा मगर, राम थापा, आरजे सुरज रसाईली, ज्योती सुनार, असिम दियाली, मुस्कान रानाभाट, कञ्चन राई र आश्मा गुरुङ रहेका छन् ।

सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन अन्तरगत उत्कृष्ट ३० राउण्डबाट प्रतियोगीहरुले संगीतको साथ आफ्नो गायकी प्रस्तुत गरिरहेका छन् । संगीतको धुनमा आफ्नो प्रस्तुती राख्न पाएपछि प्रतियोगीहरुले गाउन अझै बढि मज्जा आएको प्रतिक्रिया दिएका छन् । गितार र पियानोको धुनसंगै गाउँदा प्रतिस्पर्धीहरु अगाडीका अडिसनभन्दा बढि नै खुलेर प्रस्तुत भएको एफएमले जनाएको छ । प्रतिस्पर्धीहरुको सुर र ताल छुट्टाउन पनि संगीतका कारण सजिलो भएको निर्णायकहरुले बताएका छन् । अहिले कार्यक्रमको स्रोताहरु समेत बढेको एफएमले दाबी गरेको छ ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ ।

उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ ।

कमेन्टहरु
Loading...