सातौ पोखरा महोत्सवमा दर्शकको चाप वढ्दो

पोखरा, १० माघ /युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी सातौ संस्करणको पोखरा महोत्सव दशौ दिन पनि जारी रहेको छ । दशौ दिन सम्म आइपुग्दा दर्शकको अपार साथ पाएको छ । महोत्सवमा पोखरा संगै छिमेकी जिल्लाका दर्शकहरुको समेत सहभागीता जनाएको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको दशौ औ दिन १२ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा आइतबार १ करोड २० लाखको कारोवार भएको क्लवका कोषाध्यक्ष तथा अर्थ तथा टिकेट ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले वताए ।

महोत्सवमा दर्शकको चाप संगै स्टलमा राखेको सामाग्रीहरुको बिक्री वितरणमा समेत दिन प्रतिदिन बृद्धि भइरहेको महोत्सव स्टल ब्यवस्थापन उपसमितीका संयोजक कृष्ण बहादुर थापा मगरले जानकारी दिए । महोत्सवमा आइतबार चर्चित दोहोरी गायिका ज्योति मगरको आकर्षक नृत्य सहितको प्रस्तुतीले दर्शकलाई मनोरन्जन प्रदान गरेकी थिइनभने दोहोरी गायक विष्णु खत्री, चोलेन्द्र पौडेल, जीवन दाहाल लगायतले लोक दोहोरी मार्फत मनोरन्जन दिएको कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको अन्तिम दिन भीमु गुरुङ, सुरेन्द्र गुरुङ, इश्वर सिंह, लक्ष्मी नेपाली, सन्तोष बस्याल, पूर्ण परियार, शंकर विरही गुरुङ, सीता केसी, प्रेम राज अधिकारी, चोलेन्द्र पौडेलको प्रस्तुती रहने छ । त्यसैगरीे लाइभ तथा पप कन्सर्ट तर्फ लोकल ब्याण्ड द स्क्रयाच जोर्नी सहित कालि प्रसाद बास्कोटाको प्रस्तुती रहने क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक संयोजक सुक बहादुर गुरुङले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा आयोजना गरेको पोखरा तारा तीनमा टप थ्री का प्रतियोगीहरुले आफ्नो प्रस्तुती राखेका थिए । पोखरा तारा तीन मा अनिल बिके, सुगम थापा र यम बहादुर नेपालीले उपाधीका लागी प्रतिस्पर्धा गर्ने छन । पोखरा तारा तीनको उपाधीले नगद ५० हजार, ट्रफी , उपविजेताले २५ हजार नगद र ट्रफी र शान्तवना हुनेले ५ हजार नगद पाउनेछन । महोत्सवको सोमबार बन तथा भु संरक्षण मन्त्री माननीय शंकर भण्डारीले दिनको दुई बजे समापन गर्नेछन ।

कमेन्टहरु
Loading...