आहा रारामा मनाङ मस्याङदीले धरानलाई ४–१ गोलको अग्रता

सागर राज तिमिल्सिना
पोखरा, ९ माघ /१५ औ आहा रारा गोल्डकपमा आइतबार मनाङ मस्याङदी क्लबले धरान फुटबल क्लबलाई ४–१ गोलले अग्रता लिएको छ । चार गोलले पछि परेको धरानले ७२ औ मिनेटमा गोल फर्काएको छ ।

धरानका लागि विशाल राईले गोल गरे । खेलको ६३ औ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका छन् । अनिलले दिएको पासमा सुजलले गोल गरे । त्यसै गरि ५९ औ मिनेटमा अनिल गुरुङले गोल गरे । अनिलले रोहित चन्द्रले दिएको पासलाई हेड गर्दै गोल गरे । ४१ औ मिनेटमा मनाङ मस्याङदी टिम क्याप्टेनले गोल अनिल गुरुङले गरे ।

ओला वाले दिएको पासलाई उनले पहिलो बार च्याप्दै गोल गरेका हुन् । त्यसै गरि खेलको ३३ औ मिनेटमा सुजल श्रेष्ठले गोल गरे । अनिल गुरुङले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बललाई सुजलले हेड गदै बललाई पोस्टको दिसा दिएका थिए । चार पटकको उपाधि विजेता मनाङ मस्याङदी क्लब र दोस्रो पटक क्वाटरफाइनलमा प्रबेश गरेको हो ।

शसस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउदै धरान क्वाटरफाइनलमा प्रबेश गरेको हो भने मनाङ मस्याङदीले बाइ पाएर पहिलो खेल खल्दैछ ।

कमेन्टहरु
Loading...