आहा रारामा मनाङ मस्याङदी क्लब दुई गोल गर्दै अग्रता

पोखरा, ९ माघ /१५ औ आहा रारा गोल्डकपमा आइतबार मनाङ मस्याङदी क्लब अग्रता लिएको छ । धरान फुटबल क्लबलाई खेलको ४१ औ मिनेटमा मनाङ मस्याङदी टिम क्याप्टेनले गोल गरे ।

ओला वाले दिएको पासलाई उनले पहिलो बार च्याप्दै गोल गरेका हुन् । त्यसै गरि खेलको ३३ औ मिनेटमा सुजल श्रेष्ठले गोल गरे । अनिल गुरुङले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बललाई सुजलले हेड गदै बललाई पोस्टको दिसा दिएका थिए ।

चार पटकको उपाधि विजेता मनाङ मस्याङदी क्लब र दोस्रो पटक क्वाटरफाइनलमा प्रबेश गरेको हो । शसस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउदै धरान क्वाटरफाइनलमा प्रबेश गरेको हो भने मनाङ मस्याङदीले बाइ पाएर पहिलो खेल खल्दैछ ।

कमेन्टहरु
Loading...