ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सवमा झण्डै ८० लाख संकलन

पोखरा, ८ माघ /कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ्रे मावि÷शिक्षा क्याम्पसमा आयोजित ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सवमा चौठो दिन २२ लाख १५ हजार ७ सय ५८ रुपैयाँ दान संकलन भएको छ ।

शनिबार महोत्सवमा पोखरा ६ बैदामका हरिप्रसाद पौडेलले रु.३ लाख ३ हजार, ढिकुरपोखरी ४ का हरिप्रसाद अधिकारीले रु.२ लाख १ हजार १ सय ११, ढिकुरपोखरी ५ का कृष्ण केसीले रु.१ लाख १ सय ५, माछापुच्छ्रे मावीका शिक्षक एंव ढिकुरपोखरी ४ का कृष्ण प्रसाद अधिकारीले रु.५५ हजार ५ सय ५५, माछापुच्छ्रे माविका प्र.अ एंव भदौरे तामागी ४ हर्पनका धनश्याम पौडेलले रु.५५ हजार ५ सय ५५ दान प्रदान गर्नुभएको छ ।

यस्तै पोखरा १७ का लिलाभक्त आचार्यले रु.५२ हजार, भिजन नेपाल कास्कीले रु.५१ हजार, ढिकुरपोखरी १ का बिनोद कुवंरले रु.५१ हजार, ढिकुरपोखरी ५ का बलभद्र पौडेलले रु.५० हजार ५ सय ५, ढिकुरपोखरी २ का ढाकामोहन सुवेदीले रु.५० हजार १ सय ५०, ढिकुरपोखरी १ का सोमकान्त अधिकारीले ५० हजार १ सय र ढिकुरपोखरी ९ का लालप्रसाद÷खुमावती अधिकारीले ५० हजार ५० रुपैयाँ प्रदान गरेकोे महासचिव यादवराज अ धिकारीले जनाकारी दिनुभयो । महोत्सवको चौठो दिन सम्म करिब ७९ लाख ७१ हजार ८ सय ३ रुपैयाँ दान संकलन भएको छ ।

यसैविच शनिबार महोत्सवमा माछापुच्छ्रे मावि÷शिक्षा क्याम्पसका भुतपुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा हजारौ विद्यार्थीहरु सम्मानित भएका महासचिव अधिकारीले बताउनुभयो । प्रविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धी गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलले जानकारी दिनुभयो ।

माघ १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गोविन्दशरण महाराज र मधुर वाणीकी धनी मीरादेवीले श्रीमद् भागवत कथा वाचन गरिरहनु भएको छ । महोत्सवमा ५१ सय शान्ति कलश पूजन, सहस्रशालिग्राम पूजा, विराट धनधान्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, शुभ व्रतवन्ध, शैक्षिक प्रदर्शनी लगायत समावेश गरिएको छ ।

कमेन्टहरु
Loading...