अपडेट : हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, ३ गम्भीर,२ सामान्य घाइते

५ असार, काठमाडौं । हुम्लाको तम्कोट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हिल्साबाट सिमिकोटबाट उडेको हेलिकोप्टर मुचु गाविस- ६ को तम्कोटमा अपराहृन दुर्घटना भएको हो । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना थिए ।

Fishtelउनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन् । हेलिकोप्टरमा पाइलट डेभिड, फिल्टेलका विलक श्रेष्ठ, गोमा एयरका कर्मचारीद्वय एडी शेर्पा, प्रज्वल भट्टराई र हुम्ला टावरका कर्मचारी टेकबहादुर तापली र स्थानीय गोविन्द लामा रहेका छन् । केही दिनअघि मानसरोवर कैलाश घुम्न गएको र उद्दारका लागि हेलिकोप्टर गएको फिस्टेलमा एक्जुकेटिभ म्यानेजर अपरेशन श्रीहरी कुँइकेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

सिमिकोटमा ४ बजेर २० मिनेटमा ल्याण्ड हुनु पर्ने हेलिकोप्टर नआएपछि खोजी गर्दा दुर्घटना भएको भेटिएको स्रोतले बताएको छ । दुर्घटनामा के कति क्षति भयो खुल्न सकेको छैन । उद्दारका लागि नेपालगञ्जबाट फिस्टेल एयरको अर्को हेलिकोप्टर गएको छ भने प्रहरीको टोली पुग्दैछ । प्रहरीका अनुसार घटनास्थल सदरमुकामबाट २ दिनको पैदलदुरीमा पर्छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/83893/#sthash.3JvqGtUA.dpuf

कमेन्टहरु
Loading...