कास्कीका ताल तथा सिमसार क्षेत्रमा चरा गणना, जाडो छल्न आउने चरा घटे

सागर राज तिमिल्सिना
पोखरा, ८ माघ/जाडो छल्न साइपस र हिमाली भेगबाट पोखरा आउने चराहरु पछिल्लो वर्षहरुमा घट्दै गएको पछिल्लो पटकको गणनाले देखिएको छ । टाईगर माउण्टेन पोखरा लज, पोखरा पंछी समाज, नेपाल पंछी संरक्षण संघ पोखरा शाखाको आयोजनामा कास्कीका ताल तथा सिमसार क्षेत्रमा चरा गणनाबाट पंछि आउने क्रम घटेको देखिएको हो । कास्कीका ९ ताल, एक पोखरी र एक विजयपुर खोलामा गणना गरिएको थियो ।

साइपस र हिमाली क्षेत्रबाट पोखराको फेवा ताल, लेखनाथको बेगनास ताल, मैदी ताल, दिपाङ्ग ताल, खास्टे ताल, न्युरेनी ताल र गुदे ताल, रुपाताल, कमल पोखरी र विजयपुर खोलामा गरिएको गणनाबाट चराहरु आउने क्रम घट्दै गएको देखिएको हो ।

जाडो छल्न चराहरु पौष देखि फागुन सम्म पोखरा आउने गरेका छन् । पंछि संरक्षण नेपालले पोखरामा सन् २००४ बाट यहि समयमा चराहरु गणना गर्दै आएको छ । पोखराको फेवातालमा यो समयमा ४० प्रजातीका चराहरु पाइने भए पनि यो वर्ष ३६ प्रजातीका चराहरु मात्र पाईएको चरा गणनाका प्रमुख झलक चौधरी बताए ।

फेवातालमा चरालाई स्वागत
फेवातालमा चरालाई स्वागत

गणनामा सबै भन्दा बढि रुपातालमा आउने चराहरुको संख्यामा कमि देखिएको छ । उनले खास्टे र रुपातालमा बाहेक सबै ठाउँमा कमि आएको बताए । पहिले ४५ प्रजातिका चराहरु पाइने गरे पनि त्यो संख्या घटेर ४३ प्रजातिमा भरेको चौधरीले बताए । गणनाबाट दिपाङ, मैदी ताल, कमलपोखरी र विजयपुर खोलामा सबैभन्दा कमि आएको उनले बताए । प्रजातीमा करिब एउटै भएर पनि चराहरु आउने संख्यामा भने धेरै फरक आएको बताए । अघिल्लो वर्ष ३ हजार ७ सय ६४ चराको गणना भएकोमा यस वर्ष ३ हजार ४ सय ८८ वटा मात्रै गणना भएको उनले बताए ।

यस वर्ष गणनामा फेवातालमा ३६, बेगनासतालमा १४, रुपातालमा २५, मैदीतालमा ४, दिपाङ्गतालमा २५, खास्टेतालमा १५, न्युरेनीतालमा ७, कमलपोखरीमा ४ र विजयपुर खोलामा ५ प्रजातिका चराहरु भेटिएको पंछी समाजका संस्थापक मनशान्त घिमिरेले जानकारी दिए । उनले फुके हाँस, सुनजुरे हाँस चार बर्ष पछि देखिएको बताए ।

पोखरा र आसपासका क्षेत्रमा पहिले ५ सय ३ प्रजातीका चराहरु पाइने भए पनि अहिले घटेर चार सय ५० प्रजातीका मात्रै चराहरु भेटिने गरेका छन् । पछिल्लो समयमा सिम सार सुक्दै जानु, घना बस्ती बढ्न, चराहरुका लागि आवश्यक बाँस स्थानको आभावका कारण जाडो र गर्मि याममा आउने चराहरु घट्दै गएको विज्ञहरु बताउ छन् ।

प्रत्येक वर्ष जनवरी ७ देखि २२ अर्थात पुस २३ देखि माघ ९ सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना हुदै आएको छ । पोखरामा रहेका तालहरुमा माघ २ देखी ४ गते सम्म पंछी गणना भएको हो ।

कमेन्टहरु
Loading...