सफल पोखरा म्याराथन फागुन पहिलो साता

पोखरा ७ माघ/नेपाल भुतपुर्व खेलाडी मञ्च पोखरा फागुन ७ गते ११ औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता गर्ने तयारी अगाडी बढाएको छ ।

सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा प्रायोजनको दोस्रो वर्ष फागुन ७ गते पोखरा रंगशालामा पोखरा म्याराथन प्रतियोगिता हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष खड्क बहादुर रानाभाटले जानकारी दिए । म्याराथनसँगै विद्यालयस्तरीय छात्र छात्रा पाँच किलोमिटर दौडको पनि सञ्चालन गर्ने उनले बताए ।

केही वर्षको स्थगित पछि सफल दूधले प्रायोजन गरेपछि गतवर्षदेखि प्रतियोगिताले निरन्तरता पाएको हो । ‘प्रतियोगिता र रनफर फनमा गरी पाँचहजार विभिन्न पेशासँग आवद्ध व्यक्तित्वहरुको सहभागिता गराउने लक्ष्य छ ।’ पत्रकार सम्मेलनमा रानाभाटले बताए ।

उनका अनुसार सिटी म्याराथनको अवधारणा अनुसार विगत एकदशकदेखि पोखरालाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान दिलाई स्पोर्टस टुरिज्म विकास गर्ने लक्ष्य र उद्देश्य लिई म्याराथनलाई निरन्तरता दिइएको हो । म्याराथन विजेताले ६० हजारसहित पदक तथा प्रमाणपत्र पाउने छ । दोस्रो हुनेले ४० र तेस्रो हुनेले २५ हजार नगरपुरस्कार पाउने छ । सान्त्वान पुरस्कार स्वरुप ४ हजार रुपैयाँ प्रदान गरिने मन्चले जनाएको छ ।

यसैगरी पाँच किलोमिटर छात्ररछात्रा दौडका विजेताले नगद ७, ५ र ३ हजार पुरस्कार पाउने छन् । ह्विलचियर महिलारपुरुष चारसय मिटर दौडमा विजेताले भने ३, २ र १ हजार नगद पाउने छन् । पत्रकार सम्मेलनमा सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले पोखरालाई स्पोर्टस टुरिज्मको रुपमा विकास गर्न डेरीले म्याराथन प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, भुतपुर्व खेलाडी मञ्चका सचिव दिलबहादुर गुरुङ, एएनए अमेरिकाका अध्यक्ष मेदिन लगायतले पोखरालाई स्पोर्टस सिटीको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...