पोखराको चरक मेमोरियल हस्पिटलमा निःशुल्क डायलिसीस सेवा सुरु

पोखरा, ७ माघ /पोखराको पृथ्वीचोकमा रहेको चरक मेमोरियल हस्पिटल प्रा.लिबाट निःशुल्क डायलिसीस सेवा सुरु भएको छ । शुक्रबार पुर्व स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले उद्घाटन गरे । पुर्वमन्त्री अधिकारीले जनताले डायलिसीस सेवा लिन नपरसोस भन्ने कामना गर्दे परिहाले अस्पताललले गुणस्तीय सेवा दिनु पर्ने बताए ।

स्वास्थ्य र गुणस्तरीयतामा कुनै सम्झौता नहुन उनको भनाई थियो । सरकारले निःशुल्क डायलिसीस सेवा दिएका अस्पतालको भुक्क्तानी दिन ढिलाई गर्न नहुने बताउदै उहाले विरामीहरुको सेवामा खट्न डाक्टरहरुलाई निर्देशन दिए । उनले डाक्टरहरु हडतालमा सहभागी नहुन आग्रह गर्दे उनले आफु मन्त्रीहुदा राम्रो काम गरे पनि मिडियाले साथ नदिइएको आरोप लगाए ।

पोखरा उपमहानगरपाकिलाका कार्यकारी अधिकृत नबराज ढुङगानाले नीजि अस्पतालले गरिबको लागि १० प्रतिशत शैयाबाट निःशुल्क सेवा दिनु पर्ने प्रावधान भए पनि अहिले पनि गरिवहरुले सेवा नपाएको गुनासो आउने गरेको भन्दै गुनासो नआउने गरेर सेवा दिन आग्रह गरे ।

प्राइभेट हस्पिटल एसोसीएसनका अध्यक्ष अशोक पालिखेले निजि अस्पतालले स्वास्थ्य सेवामा ठुलो योगदान पु¥याएको बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर बसन्त ताम्रकारले अहिले धेरै मानिस मृगौला रोगी भएकोले अन्य अस्पतालमा पनि निशुल्क डायलिसीस सेवा शुरु गर्नुपर्ने बताए ।

चरक मेमोरियल हस्पिटल अध्यक्ष डाक्टर बद्री पौडेलले निःशुल्क डायलिसीस सेवा आइतबारबाट शुरु गर्ने बताए । पौडेलले ४ वटा मेसीनबाट डायलिसीस सेवा दिने पनि बताए । कार्यक्रममा फेवा सिटीका अध्यक्ष डाक्टर भोजराज न्यौपाने , चरक मेमोरियल हस्पिटलका डाक्टर ऋषिराम ढकाल, नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति बामदेव ढुङगाना लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...