होटल संघको साधरण सभा, पत्रकार सन्तोष पोख्रेललाई सम्मान

पोखरा, ७ माघ / पश्चिमाञ्चल होटल संघ पोखराको १८ औं अधिवेशन तथा ३६ औं वार्षिक साधरण सभा शुक्रबार पोखरामा आयोजना गरिएको छ । सम्पदा संरक्षणमा बनौं जिम्मेवार, पर्यटन नै हो समृद्धिको आधार भन्ने मूल नारा साथ आयोजित कार्यक्रमको पश्चिमाञ्चलका क्षेत्रीय प्रशाशक खगराज बरालले उद्घाटन गरेका थिए ।

सो अबसरमा बोल्दै बरालले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन ब्यबसायीहरु ब्याबसयिक बन्नुपर्ने सुझाव राखे । उनले फेवा तालको संरक्षण गर्दै अन्य प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । सो अवसरमा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नबराज ढुंगानाले फेवा तालको संरक्षणका लागि चेक ड्याम निर्माण गर्न २३ करोड रुपैयाँ प्रस्तावित गरिएको जानकारी दिंदै फेवा तालको अतिक्रमण विरुद्ध व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न उपमहानगरपालिका कार्यालय तयार रहेको बताए ।

होटल संघ नेपालकी बरिष्ठ उपाध्यक्ष सिर्जना राणाले पर्यटनको विकासका लागि प्रवद्र्धन मुख्य कुरा भएको बताउँदै सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने गरी संघले काम गरिरहेको जानकारी दिइन् । भारत र चीनबाट बढी भन्दा बढी पर्यटक ल्याएर नेपाली होटलको अकुपेन्सी पूर्ण गर्न तर्फ व्यवसायी र सरकारको ध्यान हुनुपर्ने सुझाव उनको थियो ।

राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासुृदेव त्रिपाठी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संघका सल्लाहकार विश्वशंकर पालिखे, संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेशबहादुर भट्टराई र पश्चिमाञ्चल होटल संघ पोखराका प्रथम उपाध्यक्ष विकल तुलाचनले पनि सो अवसरमा भनाई राखेका थिए । महासचिवको हैसियतमा संघको तर्फबाट भेकेन्द्रकुमार श्रेष्ठले आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएकोमा संघका अध्यक्ष भरतराज पराजुलीले सबैलाई धन्यबाद प्रकट गरेका थिए । होटलको लगानी संरक्षण र पर्यटकीय विकास तथा प्रवद्र्धनमा गंभीर बन्न उनले होटलकर्मीसँग आग्रह गरे ।

सो अवसरमा संघको नयाँ भवन निर्माणमा महत्वपूर्ण योदान गर्ने र खल्तीको पैसा प्रदान गरी उक्त कार्यलाई महत्वपूर्ण रुपमा सघाएकोमा संघका सदस्य, सल्लाहकार र कार्यसमिति सदस्य तथा अन्य महानुभावलार्य दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । यसैगरी नागरिक दैनिकका पोखरा समाचारदाता सन्तोष पोखरेललाई पर्यटन र भूकम्पको समाचार लेखी महत्वपूर्ण योगदान गरेको भन्दै संघका तर्फबाट १५ हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । संघका कार्यालय प्रमुख रामप्रसाद खनाल र मिडिया संयोजक रुपनारायण ढकाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । पश्चिम पृतनापति जगदीश पोखरेल र बरिष्ठ उपाध्यक्ष राणाले उनीहरुलाई सम्मान गरेका हुन् ।

संघका कोषाध्यक्ष राजेन्द्र ढकालले बन्द शत्रमा कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम छ । अधिवेशनले शुक्रबार नै संघको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम तय गरिएको छ ।

कमेन्टहरु
Loading...