ज्ञानेन्द्रले भने-गलत गर्नेलाई सुधार गर्ने मौका दिनुपर्छ

५ असार, जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र शाहले गलत गर्नेलाई सुधार गर्ने मौका दिनु पर्ने बताउनु भएको छ । बुधाबार जनकपुरमा नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै ज्ञानेन्द्रले अतितलाई गाली गर्दैमा भविश्य नबन्ने बताउनु भयो ।

कसैलाई निषेध गर्न नहुने भन्दै उहाँले सबै मिलेर जानुको विकल्प नभएको बताउनु भयो । नागरिकको हैसयतमा आफूले पनि मुलुकको अहिलेको अवस्थालाई नियालिरहेको भन्दै उहाँले अहिलेको अवस्था सन्तोषजनक नभएको बताउनु भयो । धनुषा नागरिक समाजले पूर्व राजा ज्ञानेन्द्रको सम्मानमा नागरिक अभिनन्दन गरेको हो । ।

– See more at: http://www.onlinekhabar.com/2013/06/83895/#sthash.7Rkueo9V.dpuf

कमेन्टहरु
Loading...