पेस्तोल सहित पक्राउ

पोखरा, ५ असार/गुण्डागर्दी तथा अवैध रुपमा चन्दा असुल उपर गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी निरीक्षक रविन्द्र मान गुरुङ्ग सहितको टोलीले एक जनालाई पेस्तोल सहित पक्राउ गरेको छ । टोलीले पोखरा उपमहानगरपालिका वडा नं. १० बुद्धचोकबाट एक थान कटुवा पेस्तोल सहित वर्ष ३४ को विकास च्याण्टे भन्ने नविन गुरुङ्गलाई पक्राउ गरेको छ ।

नविन गुरुङ्गले केही समय अगाडिबाट नै थल बहादुर गुरुङ्गसँगै मिली रामघाट, बुद्धचोक लगायतको एरियामा सर्वसाधारण जनताहरुलाई डर, धाक धम्की दिई त्रासको वातावरण सृजना गरी अवैध रुपमा चन्दा असूल उपर गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको निरीक्षक गुरुङ्गले जानकारी दिए । हाल निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतमा राखी अनुसन्धान कारवाही भईरहेको प्रहरीले जनाकारी दिए ।

कमेन्टहरु
Loading...